मीनु भइन् मिसेस नेपाल ग्ल्याम

मीनु भइन् मिसेस नेपाल ग्ल्याम

काठमाडौं : ‘मिसेस नेपाल ग्ल्याम २०१९’ को ताज मीनु प्रधान श्रेष्ठले जितेकी छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा कोटेश्वर निवासी मीनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। मोस्टफ्रेड्ली उपाधिसमेत हात परेकी मीनुले ताजसहित विभिन्न अवसर र गिफ्ट पुरस्कारका रूपमा प्राप्त गरेकी छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सोनिका कार्की फस्ट रनरअप र प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए। सोनिकाले बेस्ट र्‍याम्प वाक र मोस्ट ट्यालेन्ट उपाधिसमेत हात पार्न प्रज्ञा फेसबुक च्वाइस र यु ट्युब मोस्ट म्युज विजेता बनिन्।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा अञ्जु खड्का राई बेस्ट पर्सनालिटी उपाधिसहित थर्ड रनर अप भइन् भने बेस्ट स्पिचसहित फोर्थ रनर अप देवकी सेवा नेपाली बन्न सफल भइन्।

अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफी प्रतियोगितामा विभिन्न आधा दर्जन विधामा समेत विजेता छानिएको थियो। जसमा कल्पना प्रधान पब्लिक च्वाइस र भ्युअवर्स च्वाइस, बिनु शाही बेस्ट फिटनेस, सुनिता फुयाँल क्षेत्री बेस्ट हेयर, शिल्भा तुलाधर मोस्ट फोटोजेनिक, पनिता राई बेस्ट स्किन, सीमा शर्मा बेस्ट स्माइल, सीमा घतान विश्वकर्मा सोसल्ली रेस्पोन्सिबल, सोना राई लामा फेसन आइकान र प्रतिमा अधिकारी मोस्ट क्रिएटिव विजेता बने।

विवाहित महिलाको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सीईयो प्रीति कार्कीले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.