‘म भैंसी चराएकाले हिरो बनेँ’

‘म भैंसी चराएकाले हिरो बनेँ’

जनकपुरधाम : ‘म यही जनकपुर अञ्चलको सर्लाहीमा जन्मेको मान्छे हुँ, मेरो नाम निखिल उप्रेती हो’, खचाखच भीडबाट उनले भने, ‘म गरिब किसानको घरमा जन्मेको हुँ। भैंसी चराएर हुर्किएँ। आज फिल्मको हिरो बनेँ।’

नेपाली चलचित्रका नायक निखिल उप्रेतीले मंगलबार जनकपुरमा यसरी आफ्नो परिचय दिँदा उपस्थित सबै आश्चर्यचकित भए। चलचित्रको पर्दामा देखिने उनको बालापनको वास्तविक परिचय पाएपछि गडगडाहट ताली बज्यो।

बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्न ४० डिग्री घाममा जनकपुर आएका उनले गम्छाले पसिना पुछ्दै भने, ‘भाइबहिनी हो, एकदमै गर्मी हुन्थ्यो। भैंसी घामले तातिन्थ्यो, त्यसमाथि चढेर चराउन जान्थेँ। घर आउँदा जीउ भैंसी जस्तै गन्हाउथ्यो।’ नायक निखिलले आफ्नो बाल्यकाल सुनाउँदा सबै चाख लिएर उनलाई हेरिरहेका थिए, सुनिरहेका थिए। त्यसपछि उनले थपेँ, ‘यी मेरा बितेका कुरा हुन्, अहिले मलाई देशभरिकाले हिरो भनेर चिन्छन्, माया गर्छन्।’

मानिसहरू आफ्नो विगत भुल्ने गरेको तीतो अनुभव उनले पस्किए। ‘विगतको कुरा हामी किन लुकाउँछौं, किन भन्न अप्ठ्यारो मान्छौं,’ प्र्रश्न गर्दै उनले भने,‘किनभने हामीले कहिले स्वयम्लाई हेरेनौं, चिनेनौं।’ स्वयम्लाई हेरे पनि ऐनामा मात्र हेर्‍यौं, आफूलाई आफ्नो नजरले कहिले हेरेनौं, त्यसैले विगतका कुरा लुकाइरहेका छौं, उनले भने।

आफ्नो विगतको कुराको पोल खोल्न पाउँदा उनले खुसी मान्दै भने, ‘म गर्व गर्छु, हिजो म भैंसी चराएर हिँडेको अवस्थाले आज हिरो भए। अब कोही भैंसी चराइरहेका छन् भने निखिल उप्रेती जस्तै हिरो बन्छ भन्ने कुरा हुँदैन’, उनले भने।

‘एक दिनमा भैंसी चढियो। अब त जेट प्लेन चढ्न र उडाउन बाँकी नै छ। कति कति गर्न बाँकी नै छ’, उनले भने, ‘सहीमा हिरो त जिरोबाट सुरु गर्नेहरू नै हुन्।’ समाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोगले चाहिने सूचनाभन्दा नचाहिने इन्फर्मेसनले युवा पुस्ताको दिमाग भरिएको टिप्पणी उनले गरे। ‘चाहिने इन्फर्मेसनको लागि दिमागमा खाली ठाउँ छैन’, उनले भने, ‘हामी सबैले सञ्जाल र इन्टरनेटबाट आफूलाई चाहिने सूचना मात्रै लिऊँ।’

बाठो बन्नुभन्दा मेहेनती बन्नु नै राम्रो हुने बताउँदै उनले भने, ‘म आफूलाई अप्ठ्यारोमा कहिले बिक्री गरिनँ।’ जिन्दगी अति महत्त्वपूर्ण रहेको भन्दै नायक उप्रेतीले थपे, ‘जीवनका हरेक चुनौती परीक्षा हो। दु:खले बाँच्न सिकाउँछ।’

स्कुल पढ्दा गणित अप्ठ्यारो लागेर राम्रोसँग पढ्न नसकेकोमा उनले चिन्ता व्यक्त गर्दै भने, ‘गणित विषयलाई म चुनौती हो भन्ने बुझ्न सकिनँ। आज कमाइको हिसाब किताब गर्न सकिएनँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.