मिस नेवा: ११३९ को उपाधि नीतुलाई

मिस नेवा: ११३९ को उपाधि नीतुलाई

काठमाडौं  : मिस नेवा: ११३९ को उपाधि नीतु डंगोलले जितेकी छन्। प्रतिस्पर्धी १६ जना युवतीलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैया“सहित विभिन्न उपहार प्राप्त गरिन्। नीतुलाई मिस नेवा: ११३८ रिजु मानन्धरले विजेताको मुकुट पहिर्‍याइदिएकी थिइन्।

नेप्लिज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनरअपको उपाधि जित्न सफल भइन्। उनले पनि नगद राशि १२ हजार रुपैया“सहित विभिन्न उपहार प्राप्त गरिन्। सञ्जिताले मिस फ्रेन्डसिपको उपाधि पनि जितिन्। स्केना कोजूले सेकेन्ड रनरअपमा चित्त बुझाइन्। उनले नगद १० हजार रुपैया“सहित विभिन्न उपहार प्राप्त गरिन्।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न मिस नेवा: ११३९ को ग्रान्ड फिनालेको निर्णायकमा बैंकर भाइराजा तुलाधर, गायक प्रवेशमान शाक्य, नेपाल क्युकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डे थिए।

नेवार समुदायका युवतीले मात्र सहभागिता जनाएको उक्त प्रतियोगितामा युनिशा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जित्न सफल भइन्। त्यसैगरी पल्सा महर्जनले मिस पब्लिक च्वाइसका साथै सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अपको उपाधि जितिन् भने रोजी शाक्यले बेस्ट हेयरको उपाधि जितिन्।

प्रतियोगिताका अन्य उपाधितर्फ कृतिका प्रजापतिले बेस्ट स्किन, कृषा गैंजूले बेस्ट स्माइल, विदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, संगीता महर्जनले मिस फ्रेन्डसिप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजूले मिस एलिगेन्ट, ईशा श्रेष्ठले बेस्ट ड्रेस, रेफिना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको सेकेन्ड रनर्स अपको उपाधि जितिन्। प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्टको उपाधि जितिन्। रोशनी कुम्पाखाले उत्कृष्ट नेपाल भाषाको उपाधि जित्न सफल भइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.