हायातको मजदुर आन्दोलन फिर्ता

हायातको मजदुर आन्दोलन फिर्ता

काठमाडौं : पाँचतारे होटल हायात रिजेन्सीमा मजदुरले राखेको पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने गरी गरेको आन्दोलन मंगलबार बेलुकाबाटै फिर्ता भएको छ। ‘ श्रम तथा रोजगार कार्यालयले समस्या समाधान गर्न लेखेको पत्रपछि मजदुरले आन्दोलन फिर्ता लिएका हुन्। हायात होटलको आधिकारिक ट्रेड युनियन तथा होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालका अनुसार आन्दोलन फिर्ता भएको भए पनि दबाबका कार्यक्रम भने जारी नै छ।

होटल व्यवस्थापान र कर्मचारीबीचको असमझदारी हटाउन तथा पछिल्लो विवादको समाधान गर्न ट्रेड युनियन महासंघ नेपालले चार सदस्यीय एक समिति बनाएको छ। समितिमा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष दीपक पौडेल, अखिल नेपाल ट्रेड युनियनका महासंघका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल स्वतन्त्र होटल मजदूर युनियनका बरिष्ठ उपाध्यक्ष वंशीधर भट्टराईसहितको एक समिति बनेको छ। सो समितिले मजदुर समस्याका विषयमा अध्ययन गर्ने भएको छ।

कर्मचारीले विगतको सहमति कार्यान्वयन र सेवा सुविधा माग गर्दै कर्मचारीले ६ दिनदेखि गरेको आन्दोलन फिर्ता लिएर काममा फर्किएको कर्मचारीको भनाइ छ। युनियनमा आबद्ध होटलका ३२० जनाले काम रोकेका थिए। सबै काममा फर्किएपछि अझै होटल व्यवस्थापनले भने रिजर्भेसन भने खुला नगरेको जानकारी दाहालले दिए। उनका अनुसार कुनै सहमति र आश्वासन होटलबाट पाएर आन्दोलन फिर्ता लिएको होइन्, दबावका कार्यक्रम जारी राख्ने भन्न निर्णय कर्मचारीले नै गरेका हुन। श्रम कार्यालयको पत्र सकारात्मक भएकाले कर्मचारीले होटलमा काम गर्न तयार भएको उनको भनाइ छ।

होटलले कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, विदा सञ्चिती, सुत्केरी विदा सुविधा नदिएको भन्दै गत बिहीबारदेखि आन्दोलन भएका थिए।

७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको यो होटल सरकारी समिति तारागाउँ विकास समिति र भारतीय लगानीकर्ता राधेश्याम सर्राफ तथा दिनेशलाल श्रेष्ठ परिवारसहितको लगानी छ। होटलले सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ बाट ९ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ।

यो होटलको विषयमा संसदीय समितिले १४८ रोपनी जग्गा भाडा सम्झौता खारेज र १५० रोपनी जग्गा सेयर लागनीबापत लिएको फिर्ता गर्न निर्देशन दिएको छ। होटलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.