म्यारिअटलाई पाँचतारे अनुमति

म्यारिअटलाई पाँचतारे अनुमति

काठमाडौं : एभरेस्ट हस्पिटालिटी ग्रुप एन्ड होटलले निर्माण गरेको म्यारिअट काठमाडौंले पाँचतारे स्तरको अनुमति पाएको छ। निर्माण सकिएर सञ्चालन सुरु गरेको यो होटलले आवश्यक मापदण्ड पूरा गरेकाले पाँचतारेमा वर्गीकरण गरेको पर्यटन मन्त्रालयअन्तर्गतको होटल शाखाका अधिकृत नारायण भट्टराईले जानकारी दिए।

उनका अनुसार सोमबार नै उक्त होटललाई पाँचतारेमा वर्गीकरण गर्ने निर्णय भएको र मंगलबार प्रमाणपत्र दिइएको छ। होटलले पर्यटन ऐन २०३, होटल, लज, रेस्टुराँ, बार तथा पथप्रदर्शक नियमावली, २०३८ र होटल स्ट्यान्डर्ड २०७० ले तोकेको मापदण्ड पूरा गरेर म्यारिअटले पाँचतारेको अनुमति पाएको पर्यटन विभागले जानकारी दिएको छ। यो होटलमा २१५ वटा कोठा छन् भने दुई अर्ब ६६ करोड ६० लाख चुक्ता पुँजी छ।

यो होटलसँगै पाँचतारे होटलको संख्या १४ वटा पुगेको छ भने १२ वटा मात्रै सञ्चालनमा छन्। पर्यटन विभागबाट पाँचतारेको अनुमति पाउनेमा बानेश्वरको एभरेस्ट होटल र पोखराको पूmलबारी हाल बन्द छ।

पाँचतारे होटलको रूपमा निर्माण भइरहेको अन्य तीनवटा होटलले पनि पर्यटन विभागबाट पाँचतारे अनुमतिको निम्ति अनुमति मागेका छन्।

विभागमा होटलको वर्गीकरण र स्तरीकरणका लागि आवेदन दिएका काठमाडौं र बाहिरका होटलमा ठमेलको छायाँदेवी सेन्टरको अलफ्ट होटल, झापाको ग्रान्डी प्रिन्स र भैरहवाको पवन प्यालेस छन्।

पाँचतारेको रूपमा निर्माण भइरहेका राजधानीकै नक्सालको डबल ट्री हिल्ट्रन र केशरमहलको काठामाडौं शेराटन, झापाको मेची क्राउन र इटहरीको होटल गरिमा छन्। यी बाहेक पर्यटन विभागमा आइनपुगेको होटल पनि दर्जनकै संख्यामा रहेको होटल संघ नेपालको भनाइ छ। होटल निर्माण सकिएपछि सञ्चालन गर्दै वर्गीकरण गर्नुपर्ने भएकाले निर्माणाधीनको जानकारी विभागसँग हुँदैन। होटलले विदेशी मुद्रा सटही तथा पर्यटकीय सवारी सुविधा लिँदा अनिवार्य पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ। यसका निम्ति होटलको वर्गीकरण गरी विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ।

नेपाल पर्यटन वर्ष २०२० लक्षित नयाँ होटल खोल्ने र पर्यटकीय सुविधा स्तरको सेवाका निम्ति आतिथ्यता उद्योगमा प्रतिस्पर्धा नै चलिरहेकाले पनि एकपछि अर्को होटल थप हुँदै गएको छ। हाल सञ्चालनमा रहेका पाँचतारे होटलमा सोल्टी, तारागाउँ रिजेन्सी (हायात), याक एन्ड यती, डेला अन्नपूर्ण, सांग्रिला, मल्ल, र्‍याडिसन, पोखरामा ग्रान्ड, टाइगरवान प्यालेस, सोल्टी वेस्टेन्ड प्रिमियर र सेन्ट्रल प्लाजा र म्यारिअट छन्। घोषणा भएका र निर्माण चरणमा रहेका होटल दर्जनौ छन्। हाल तारेस्तरदेखि पाँतचारेसम्म नै होटल निर्माण धमाधम भइरहेको पनि विभागले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.