प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट, सैनिक सहायतामा हस्ताक्षर

प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट, सैनिक सहायतामा हस्ताक्षर

काठमाडौं : सैनिक सहायता सम्बन्धमा भएका सम्झौता कार्यावन्यन प्रक्रिया अघि बढ्ने सम्भावना रहेको स्रोतले बताएको छ। चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सैनिक सहायता सम्बन्धमा भएका सम्झौतामा हस्ताक्षर भएको छ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटमा हस्ताक्षर भएको हो। प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका सामग्री, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे ।

प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यहि असार १ गतेदेखि सप्ताहव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ गते स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.