लैंगिक हिंसा र लागुऔषधविरुद्ध ऐक्यवद्धता

लैंगिक हिंसा र लागुऔषधविरुद्ध ऐक्यवद्धता

कालिकोट : कालिकोट जिल्लाका सरोकारवालाले लैंगिक हिंसा तथा लागुऔषधविरुद्धको अभियानमा ऐक्‍यवद्धता जनाएका छन् । कर्णाली प्रदेश सरकारको शान्ति सुरक्षा अभियानअन्तरगत जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको लैंगिक हिंसा, लागुऔषधविरुद्ध परामर्श एवं प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका सरोकारवालाले लैंगिक हिंसा तथा लागुऔषधविरुद्धको अभियानमा ऐक्‍यवद्धता जनाएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख देवेन्द्रकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले लैंगिक हिंसा तथा लागुऔषधमुक्त समाज निर्माण गर्न सबैको ऐक्‍यवद्धताको खाँचो रहेको बताए। उनले खाँडाचक्र नगरपालिकाले यस अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। 

उनले भने, 'समाजमा लैंगिक हिंसा व्यापक रुपमा रहेको छ। तर गाउँमा हुने हिंसाका सबै घटना न्याय माग्नका लागि सम्बन्धित निकायमा निकै कम आउने गरेका छन्। यो तालिमले पीडितलाई न्याय लिन सम्बन्धित निकायमा आउन उत्प्रेणा दिने र हिंसाका घटना न्यूनिकरणका सवालमा जनचेतना जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले परम्परागत सामाजिक, सांस्कृति मुल्य मान्यता र कुसंस्कारका कारण लैंगिक हिंसा बढिरहेको बताए। उनले कालिकोटमा संचालित लैंगिक हिंसा, लागुऔषधविरुद्ध परामर्श तथा प्रशिक्षक प्रशिक्षण तालिमबाट गाउँमा खटिने प्रशिक्षकले वडा तहसम्म सचेतना जोगाइ न्यूनिकरणका लागि सहयोग गर्ने बताए। उनले भने, 'लैंगिक हिंसाका घटना जिल्लामा निकै कम आउँछन्।

गाउँको आर्थिक, सामाजिक, सांस्कृति, शैक्षिक तथा सचेतनाको अभावका कारण गाउँमा हिंसा सहेर बस्ने समस्या छ। यसलाई सबैको सक्रियतामा न्यायिक दायरामा ल्याउने तथा पीडितलाई न्याय माग्न सम्बन्धित ठाउँमा आउने वातावरण बनाउनु आवश्यक छ। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्रकुमार मल्लले तालिमको विषयमा जानकारी दिँदै पीडितपक्ष नै न्याय माग्न नआउने गरेको बताए। उनले भने, 'जिल्ला प्रहरी कार्यालयले महिला, बालबालिका, जेष्ठ नागरिक, दलित लगायतका मुद्धामा कुनै कसुर बाँकी नराख्ने गरी काम गरिएको छ।

तर अधिकांश घटना प्रहरीमा आउन नपाउदै गाउँमै मिलाइन्छ। यसले हिंसाका घटनाहरु न्यूनिकरणका लागि चुनौती भएको छ। यो तालिमले गाउँ गाउँमा लैंगिक हिंसा र लागुऔषधविरुद्ध जनचेतना अभिवृद्धि गरी जुनसुकै घटना पनि प्रहरीमा जानकारी दिने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका ९ वटै स्थानीय तहमा रहेका प्रहरी चौकी इन्चार्ज, शिक्षक, बुद्धिजीवि नागरिक समाज गरी २० जनाको सहभागीता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.