स्तनपानका लागि छुट्टै कक्ष

स्तनपानका लागि छुट्टै कक्ष

धनगढी : धनगढी उपमहानगरपालिकाले महिलाका लागि छुट्टै स्तनपान कक्ष बनाएको छ। महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरिएको हो। मुल भवनको उत्तरपट्टि बच्चालाई स्तनपान गराउन सहज होस भनेर स्तनपान कक्ष बनाएको हो।

स्तनपान कक्षमा एकपटकमा पाँच जनासम्मले स्तनपान गराउन सक्ने छन्। सुत्केरी विदापछि महिला कर्मचारी काममा फर्किदा सेवाग्राही र पुरुष कर्मचारीकाबीच बसेर स्तनपान गराउन समस्या हुने भन्दै छुट्टै स्तनपान कक्ष बनाउनुपर्ने अधिकारकर्मीले माग गरिरहेका थिए।

उपमहानगरपालिकाका उप प्रमुख सुशीला मिश्र भट्टले कर्मचारी र सेवाग्राही दुवैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताइन्। ‘महिला कर्मचारी र सेवाग्राही महिलाले स्तनपान गराउन समस्या भोगिरहेका थिए’, उनले भनिन्,‘ समस्यालाई बुझेर अलग्गै यस्तो व्यवस्था गरिएको हो।’ तीन महिनाअघि नै निर्माण गरिएको हो। अन्य कार्यालयमासमेत स्तनपान कक्ष बनाउन आवश्यक भएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.