चार वर्षसम्म पनि बनेन कभर्डहल
बाजुरा : बाजुराको मार्तडीमा रहेको कर्भड हलको निर्माण अलपत्र परेको छ। ठेकेदार, खेलकुद विकास समिति र नगपालिकाको चरम लापरवाहीले कभर्डहल अलपत्र परेको स्थानीयको आरोप रहेको छ। निर्माणकार्य अधुरै रहेको कर्भड हल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनि सम्बन्धित निकायको चासो नहुँदा अलपत्र परेको हो।
२ महिना अगाडी दुईवटा ठेकेदार कम्पनीले जिम्मा लिए पनि सम्झौता मिति सकिन अब दश दिन मात्र बाँकी भएपनि निर्माण प्रकिया अगाडी नबढेको स्थानीयले बताएका छन्। डिबी कन्ट्रक्सन एण्ड अडर सप्लायर्स को ५० लाख र बडिमालिका कन्ट्रक्सन एण्ड अडर सप्लार्सले ४० लाख बराबरको काम गर्ने भनि ठेक्का पाएका छन्। डिबी कन्ट्रक्सनले चैत १५ गते सम्झौता गरेको थियो भने बडिमालिका कन्ट्रक्सन चैत ८ गते काम गर्ने सम्झौता गरेको थियो।
सम्झौतामा असार १५ गते सक्ने भनेको भएपनि असार महिना लागि सक्दासम्म काम गर्ने सुरसार नभएको खेलकुद विकास समिति बाजुराका कार्यालय प्रमुख लक्ष्मी बढुवालले बताएकी छन्। ४० लाखको सूचना खेलकुद विकास समिति र ५० लाखको सूचना बडिमालिका नगरपालिकाले प्रकाशित गरेको थियो। टेन्डर निकाल्नमा अल्झिएका यी दुवै कार्यालयले अन्तमा फरक फरक सूचना निकालेका थिए।
खेलकुद विकास समितिले निकालेको ठेक्का त खेलकुद विकास समितिको संलग्नतामा ठेक्का मिलोमतोमा बडिमालिका कन्ट्रक्सनलाई मिलाएको आरोप समेत लागेको थियो। स्थानीय पूर्वाधारअन्र्तगत सासंद लालबहादुर थापाको सासंद विकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट बिनियोजन भएको खेलकुद विकास समितिले जनाएको छ। बजेट आएर निर्माणको टेन्डर र सम्झौता भएको दुई महिना बितिसक्दा पनि ठेकेदारले व्यवस्था गरेको खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थापाको आरोप छ।
तर स्थानीयले भने बडिमालिका नगरपालिका र खेलकुद विकास समितिको चरम लापरवाहीले अहिलेसम्म काम हुन नसकेको बताएका छन्। दुबैले ठेकेदारलाई ताकेदा नर्गनु, अर्को उनीहरुले नै वेवास्ता भएकाले अलपत्र रहेको स्थानीयको आरोप रहेको छ।
वडीमालिका नगरपालिकाले संसद विकास कोषको जिम्मा लिएको भएपनि नगरपालिका पनि बेखवर रहेको बताइएको छ। एक वर्ष अगाडीसम्म खेलकुदसँग कुनै सहकार्य नरहेको बताउँदै आएको नगरपालिका पनि व्यवस्था गरिरहेको खेलकुद विकास समतिको आरोप छ। बडीमालिका नगरपालिका भित्रको संरचनामा नगरपालिकाले लगानी गर्नुपर्ने भएपनि सासंद विकास कोषको बजेटलाई कार्यन्वयन गर्न नसकेको नेकपा जिल्ला कमिटि सदस्य अम्मर खड्काले बताए।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले भने खेलकुद विकास समितिले निकालेको टेन्डरको कामको ढिलाइले काम नभएको बताए। पहिला खेलकुदको ठेकेदारको काम हो त्यसपछि नगरपालिकाको ठेकेदारको काम रहेको उनले बताए ।
असारसम्म काम नभए रकम फिर्ता हुने उनले बताए। बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भएपनि निर्माण बीचमै छोडिदा दुई वर्षदेखि अलपत्र परेको छ। विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेको थिए। भने तत्कालिन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख व्यक्त गरेका छन्।
निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण सुरु गरिएको थियो। प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए। बीचमा खेलकूद विकास परिषदबाट ४० लाख रकम पनि लगानी भएको छ।