गोकर्णेश्वरमा गाडी दुर्घटना : सहचालकको मृत्यु, ३० घाइते

गोकर्णेश्वरमा गाडी दुर्घटना : सहचालकको मृत्यु, ३० घाइते

काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ३० यात्रु घाइते भएका छन्। 

बा १ ख ८७४४ नम्बरको बस दुर्घटनामा सहचालकको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।  प्रहरीले सहचालकको मृत्यु भएको जानकारी दिए पनि उनको सनाखत भने हुन सकेको छैन।

सुन्दरीजलबाट गोकर्णेश्वर हुँदै रत्नपार्क आउँदै गरेको बस दुर्घटना भएको हो। दुर्घटनाका घाइते ३० जनाको अत्तरखेलस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.