गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुनै,डोल्पा : डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेकी महिलाको पेटमा बच्चा उल्टो भएपछि डोल्पा अस्पतालले आमा र बच्चा बचाउन हेलिकप्टरबाट सुर्खेत पठाएको हो। 

त्रिपूरा सुन्दरी नगरपालिका २ की १९ वर्षीया अनिसा बुढाको स्वास्थ्य अवस्था जोखिममा रहेको जानकारी दिएपछि उनलाई सुर्खेत अस्पताल पठाइएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ। 

मौसम खराबका कारण कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हेलिकप्टर पठाउन नसकेपछि प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको पहलमा महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरले सुत्केरी अनिसा बुढाको उद्धार गरेको डाक्टर सिजन रावलले जानकारी दिए। 

जिल्ला अस्पतालमा शल्यक्रियाका लागि केहि उपकरण भएपनि विज्ञ सर्जन नहुँदा हेलिकप्टरबाट पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। हालसम्म डोल्पाबाट सघीय तथा प्रदेश सरकारले ६ जनाभन्दा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिसकेको छ।

सड्कको सहजता नहुनु र हवाइ सेवा भरपर्दो नहुनुका साथै अस्पताल कम क्षमताको भएको कारण पनि सरकारले हवाइ एम्बुलेन्सबाटै डोल्पालगायत हिमाली क्षेत्रका सुत्केरी महिलाको उद्धार गर्ने गरेको छ।     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.