अस्ट्रेलियालाई बंगलादेशको कडा टक्कर

अस्ट्रेलियालाई बंगलादेशको कडा टक्कर

लन्डन  : प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १६६ रनको शतकीय पाली खेलेपछि अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गरेको छ।

अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल योगफल पछ्याएको बंगलादेशले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो। बंगलादेशका मुस्फिकुर रहिमले शतकीय पाली खेले। उनले ९६ बलमा एक छक्का र नौ चौकाको मद्दतमा १०२ रन बनाए। यसैगरी, महमोदुल्लाह महमोदुल्लाहले ६९, तमिम इक्वालले ६२, सकिब अल हसनले ४१, लिटन दासले २० र सौम्य सरकारले १० रन बनाए।

अस्ट्रेलियाका नाथन कल्टर नाइल, मिचेल स्टार्क र मार्कस स्टोइनिक्सले दुई विकेट लिए। यस विश्वकपमा बंगलादेशले बलिया मानिएका टोलीलालाई कडा टक्कर दिँदै  आएको छ । अस्ट्रेलियाविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरे पनि अस्ट्रेलियालाई कम स्कोरमा रोक्न नसक्दा जित निकाल्न भने सकेन । 

यसअघि नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३८१ रनको विशाल योगफल खडा गरेको थियो। अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतकीय पाली खेले। उनले १६६ रन बनाए। सौम्य सरकारको बलमा क्याच आउट हुनुअघि उनले १४७ बलमा पाँच छक्का र १४ चौका हिर्काए।

यसैगरी उस्मान ख्वाजा र कप्तान एरोन फिन्चले पनि अर्धशतकीय पाली खेले। ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ र फिन्चले ५१ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५३ रन बनाए। यस्तै ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोइनिक्सले १७ र एलेक्स क्यारीले ११ रन बनाए। बंगलादेशका सौम्य सरकारले तीन विकेट लिए। यस्तै मुस्ताफिजुर रहमानले एक विकेट हात पारे।

आफूले खेलेका ६ खेलमध्ये अस्ट्रेलिया एक खेलमा मात्र पराजित भएको छ। अस्ट्रेलियालाई भारतले ३६ रनले हराएको थियो। अस्ट्रेलियाले अफगानिस्तान, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले भने अघिल्ला पाँचमध्ये दुई खेलमा जित हात पारेको छ। दुई खेलमा पराजय भोगेको बंगलादेशको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई हराएको थियो भने न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्डसँग हार भोगेको थियो। बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.