अप्ठ्यारोमा अर्जेन्टिना

अप्ठ्यारोमा अर्जेन्टिना

रियो दी जेनेरियो : पहिलो खेलमा पराजित र दोस्रो खेलमा बराबरीमा रोकिएपछि कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको क्वार्टरफाइनल यात्रा संकटमा परेको छ। बिहीबार बिहान खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा अर्जेन्टिनालाई पाराग्वेले १—१ गोलको बराबरीमा रोक्यो। खेल सुरु भएको ३७औं मिनेटमा पाराग्वेका लागि रिचर्ड सान्चेजले पहिलो गोल गरेका थिए।

सोही गोलका कारण पहिलो हाफमा पाराग्वे अगाडि रह्यो। प्रतिस्पर्धात्मक खेलको ५७औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए। खेलको ६२औं मिनेटमा पाराग्वेका डेर्लिस गोन्जालेजले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिना सम्भावित पराजयबाट जोगिएको थियो। गोन्जालेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले विफल पारेका थिए।

अर्जेन्टिना आफ्नो पहिलो खेलमा कोलम्बियासँग ०—२ गोलले पराजित भएको थियो। समूह ‘बी’ मा चारवटै टोलीले दुई÷दुई खेल खेलिसक्दा कोलम्बिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। कोलम्बिया प्रतियोगिताको क्वार्टरफाइनलमा पनि पुगिसकेको छ। दुई अंकसहित पाराग्वे दोस्रो, एक अंकसहित कतार तेस्रो र एक अंकसहित अर्जेन्टिना चौथो स्थानमा छन्।

कतार र अर्जेन्टिनाको एक÷एक अंक भए पनि गोलअन्तरका आधारमा अर्जेन्टिना पछाडि छ। अर्जेन्टिनाले आगामी आइतबार लिग चरणको आफ्नो अन्तिम खेल कतारसँग खेल्नेछ। प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना जीवित राख्न अर्जेन्टिनासँग उक्त खेल जित्नुको विकल्प छैन। सोही दिन अर्को खेलमा कोलम्बियाले पाराग्वेको सामना गर्नेछ।

बिहीबार बिहान भएको अर्को खेलमा कोलम्बियाले एसियाली टोली कतारलाई १—० गोलले हरायो। उक्त खेलमा कोलम्बियाका लागि ८६औं मिनेटमा डुभान जापटाले निर्णायक गोल गरेका थिए। यसपटकको कोपा अमेरिकामा एसियाबाट कतार र जापान गरी दुई टोली सहभागी छन्। कतारलाई सन् २०२२ को विश्वकप आयोजकको नाताले प्रतियोगितामा सहभागी गराइएको हो। तर, दुवै एसियाली टोलीले प्रतियोगितामा गतिलो प्रदर्शन गर्न सकेका छैनन्।

‘आजको खेलमा हामीलाई भाग्यले साथ दियो, त्यसैले हाम्रो अगाडि बढ्ने सम्भावना अझै कायम छ’, खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने। उनले पहिलो हाफमा आफ्नो टोलीले स्तरीय प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा भने सुधारिएको खेल पस्किएको दाबी पनि गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.