पुराना प्रतिद्वन्द्वीबीच भिडन्त

पुराना प्रतिद्वन्द्वीबीच भिडन्त

लिड्स : आयोजक इङ्ल्यान्ड र दक्षिण एसियाली टोली  श्रीलंका विश्वकप क्रिकेटको शुक्रबार हुने खेलमा आपसमा भिड्दै छन्। यी दुवै पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका टोली हुन्।       श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो भने इङ्ल्यान्डले हालसम्म पनि विश्वकपको उपाधि चुम्न सकेको छैन।

विश्वकपमा सधैं अभागी टोलीको अपजस झेल्दै आएको इङ्ल्यान्ड सन् १९७९, सन् १९८७ र सन् १९९२ गरी तीन पटक फाइनलमा पराजित भएको थियो। श्रीलंका पनि सन् २००७ र सन् २०११ को विश्वकपमा फाइनलसम्म पुगेर उपाधिबाट विमुख भएको थियो। यी दुवै टोली अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकअर्कासँग राम्ररी परिचित प्रतिद्वन्द्वी हुन्।

जारी विश्वकपमा पनि यी दुवै टोलीले पाँच÷पाँच खेल खेलिसकेका छन्। इङ्ल्यान्डले चार जित र एक हारबाट आठ अंक बटुलेको छ भने श्रीलंकाले पाँच खेलबाट चार अंक जोडेको छ। यो विश्वकपमा मौसमले पनि श्रीलंकालाई साथ दिएको छैन।       श्रीलंकाको दुई खेल वर्षाका कारण रद्द भएको थियो। एक खेलमा जित हात पारेको       श्रीलंका दुई खेलमा भने पराजित भएको थियो।

दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तानलाई हराएको इङ्ल्यान्ड पाकिस्तानी टोलीसँग भने अप्रत्याशित रूपमा १४ रनले पराजित भएको थियो।       श्रीलंकाले भने तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई हराएको थियो। न्युजिल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको       श्रीलंकाले वर्षाका कारण पाकिस्तान र बंगलादेशसँग अंक बाँड्नु परेको थियो।

त्यसैले शुक्रबारको खेलमा जित हात पार्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेशको यात्रालाई सहज बनाउन चाहन्छ। अर्कोतिर दुई खेल वर्षाबाट बिथोलिएपछि दबाबमा परेको       श्रीलंका पनि बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्ने धुनमा देखिन्छ। इङ्ल्यान्डसँग पराजित भए       श्रीलंकाली टोलीको सेमिफाइनल यात्रा संकेटमा पर्ने प्रबल सम्भावना छ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा हालसम्म खेलिएका खेलको नतिजाले भने यी दुवै टोलीलाई समान स्तरमा उभ्याउँछ। यी दुई टोलीबीच हालसम्म कुल ७४ वटा खेल भएको छ। ३६ खेलमा इङ्ल्यान्ड विजयी भएको छ भने ३५ खेलको नतिजालाई       श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। यी दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ को अक्टोबरमा कोलम्बोमा खेलिएको खेलमा       श्रीलंका       श्रीलंका दुई सय १९ रनले विजयी भएको थियो।

यसअघि यी दुई टोलीबीच विश्वकपमा खेलिएको खेलको नतिजाले भने       श्रीलंकाको तुलनामा इङ्ल्यान्डलाई बलियो देखाउँछ। यसअघिको विश्वकपमा यी दुई टोलीबीच १० पटक आपसमा भिडन्त भएको छ। ६ खेलमा इङ्ल्यान्डले जित हात पारेको छ भने चार खेलमा       श्रीलंका विजयी भएको छ। सन् १९८३ र सन् १९८७ को विश्वकपमा इङ्ल्यान्डले       श्रीलंकालाई दुई÷दुई पटक हराएको थियो। सन् १९९२ र सन् १९९९ को विश्वकपमा पनि इङ्ल्यान्ड विजयी भएको थियो।       श्रीलंकाले भने सन् १९९६, सन् २००७, सन् २०११ र सन् २०१५ को विश्वकपमा इङ्ल्यान्डलाई हराएको थियो।

इङ्ल्यान्डको भूमिमा भने हालसम्म यी दुई टोलीबीच २६ एकदिवसीय खेल भएको छ। इङ्ल्यान्डमा यी दुवै टोलीले १३÷१३ खेल जितेका छन्। जारी विश्वकपमा इङ्ल्यान्डको ब्याटिङ निकै उपल्लो स्तरको देखिएको छ। आफूले खेलेको हरेक खेलमा इङ्ल्यान्डले तीन सयभन्दा बढी रन बनाएको छ। अफगानिस्तानविरुद्ध इङ्ल्यान्डले ६ विकेट गुमाएर तीन सय ९७ रन बनाएको थियो। जारी विश्वकपको यो सबैभन्दा ठूलो स्कोर पनि हो।

इङ्ल्यान्डको बलिङमा पनि खासै खोट लगाउने ठाउँ छैन। अर्कोतिर जारी विश्वकपमा       श्रीलंकाको ब्याटिङ र बलिङ दुवै प्रभावकारी देखिएको छैन। न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ३६ रनमै अलआउट भएको       श्रीलंकाले कुनै पनि खेलमा दुई सय ५० रन कटाउन सकेको छैन। अफगानिस्तानविरुद्ध भने थोरै स्कोर बनाएर पनि       श्रीलंकाले उत्कृष्ट बलिङका कारण खेल जितेको थियो।

आजको खेल

इङ्ल्यान्डविरुद्ध       श्रीलंका

हेडिङ्ली (दिउँसो ३ः१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल : ७४ खेल

इङ्ल्यान्ड विजयी : ३६ खेल

श्रीलंका विजयी : ३५ खेल

बराबरी : १ खेल

अनिर्णित : २ खेल

विश्वकपमा दुई टोली

कुल : १० खेल

इङ्ल्यान्ड विजयी : ६ खेल

श्रीलंका विजयी : ४ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.