नेटवर्क नपुगेको स्थानमा पनि फोरजी सेवा

नेटवर्क नपुगेको स्थानमा पनि फोरजी सेवा

काठमाडौं : हाल थ्रीजी र टूजीको नेटवर्क नपुगेका स्थानमा पनि फोरजी सेवा पुर्‍याउने गरी काम भइरहेको छ। हाल नेटवर्क नपुगेका स्थानमा पनि फोरजी सेवाको पहुँच पुग्ने भएको छ। हाल थ्रीजी र टूजीको नेटवर्क नपुगेका स्थानमा पनि फोरजी सेवा पुर्‍याउने गरी काम भइरहेको टेलिकमले जानकारी दिएको छ।

त्यसका लागि टेलिकमले हाल सञ्चालनमा रहेका बीटीएस टावरको संख्यामा ठूलो वृद्घि गर्ने तयारी गरेको छ। टेलिकमका वरिष्ठ इन्जिनियर सुसन श्रेष्ठका अनुसार टेलिकमले ६५ लाखसम्म पहुँच पुग्ने गरी फोरजी सेवा सञ्चालन गर्न लागेको हो। त्यसका लागि हाल रहेको बीटीएस टावरको संख्यामा थप ६ सय ४० टावर विस्तार गर्ने तयारी छ। बीटीएस टावरले करिब ८५ प्रतिशत जनतासम्म फोरजी सेवा पुर्‍याउन सकिनेछ।

टेलिकमले फोरजी विस्तारका लागि तल्लो ब्यान्डविथमार्फत सेवा प्रवाह गर्ने तयारी पनि छ। तल्लो ब्यान्डको प्रयोग ग्रामीण क्षेत्रमा सेवा विस्तारको लागि बढी प्रभावकारी हुने ब्यान्ड हो। यस्तो ब्यान्ड कभरेजका हिसाबले ठूला ब्यान्डभन्दा धेरै गुणा बढी हुन्छ। जुन अहिले टेलिकमले सीडीएमए सेवाका लागि पनि यस्तो ब्यान्ड प्रयोग गर्दै आएको हो।

श्रेष्ठका अनुसार टेलिकमले हाल ८ सय ५० मेगाहर्ज ब्यान्डविथमार्फत सिडीएमए सेवा सञ्चालन गरिरहेको छ। ८ सय ५० मेगाहर्ज ब्यान्डमार्फत ७ सय ५० बिटीएस टावरले देशभर सिडीएमए सेवाको पहुँच पुगेको छ। टेलिकमले १८ सय र ८ सय मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा दिने तयारी गरेको छ। १८ सय मेगाहर्जमार्फत जनघनत्व बढी भएको स्थानमा सेवा प्रवाह हुने छ भने ग्रामाीण क्षेत्रमा ८ सय मेगाहर्जमार्फत धेरै मात्रामा सेवा विस्तार हुने टेलिकमले जनाएको छ। ८ सय मेगाहर्जमार्फत ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्दा सेवाको पहुँच बढी हुने टेलिकमको भनाइ छ।

त्यसमा पनि बीटीएस टावरको संख्या हाल रहेको सिडीएमएभन्दा चार गुणाले बढी हुने भएकाले फोरजीको पहुँच अहिले नेटवर्क नपुगेको स्थानमा पनि पुग्ने उनले बताए।स्मार्ट फोन भने ब्यान्ड २० को हुनुपर्ने भएको छ। १८ सय ब्यान्डका लागि ब्यान्ड ३ सर्पोट गर्ने स्मार्ट फोन आवश्यक पर्नेछ। हाल नेपालमा उपलब्ध भएका स्मार्ट फोनमध्ये ४४.६० प्रतिशत ब्यान्ड ३ का र २८.११ प्रतिशत ब्यान्ड २० सर्पोट गर्ने र बाँकी दुवै ब्यान्ड सपोर्ट गर्ने स्मार्ट फोन छन्। विशेषगरी ग्रामीण क्षेत्रका प्रयोगकर्ताले स्मार्ट फोन खरिद गर्दा ब्यान्ड २० सर्पोट गर्ने सेट खरिद गर्न टेलिकमले आग्रह गरेको छ।

श्रेष्ठका अनुसार टेलिकमले नेपालभर फोरजीसेवा विस्तारको लागि दुई वटा चाईनिज कम्पनीलाई जिम्मा दिएको छ। त्यसमध्ये कोर नेटवर्क विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनी जेडटीई र रेडियो एक्सेस नेटवर्क विस्तार गर्ने जिम्मा पाएको सीसीएआई हङकङले पाएको छ। जेटीईले पाएको काम झन्डै ७० प्रशितको हारहारीमा सकिएको छ। टेलिकमले सम्झौता भएको मितिले एक वर्षमा देशभर फोरजी सेवा विस्तार गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.