समाजवादको उल्टो यात्रा

समाजवादको उल्टो यात्रा

नेपालको संविधान २०७२ अनुसार ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ संविधानको प्रस्तावनाकै एक अंशमा भनिएको छ, ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ रही समृद्घ राष्ट्र निर्माण गर्ने र मुलुकलाई समाजवादी राष्ट्र बनाउने।’

संविधानले परिकल्पना गरेको समाजवादको कुरा मानवको उत्पत्तिदेखि मानव सभ्यता, संस्कृति, विभिन्न संघर्षका चरणका बारेमा भएका सुक्ष्म अध्ययन तथा विश्लेषणसँग जोडिन जान्छ। मानवको उत्पत्तिकालदेखि नै अरू जनावरभन्दा उच्च हुनुको मुख्य कारणमध्ये मेरुदण्ड टाउकोको पछिल्लो भागमा रहेको दिमागको एउटा अंंश सेराबेलममा गएर जोडिनु हो भनेर वैज्ञानिकले भनेका छन्।

मानव चेतनशील प्राणी हो। उसको अनगिन्ती इच्छा र चाहना सीमित कुरामा सन्तुष्टि नहुनुको प्रतिफल आज मंगल ग्रहमा बस्ति बसाल्न सोच्दैछ। मानव कल्पना र भविष्यप्रति चिन्तन वा चिन्तित नभएको भए अहिलेको विश्व हुने थिएन, मानव जंगली युगमा नै हुन्थ्यो।

समाज परिवर्तनका विश्वव्यापी क्रान्तिलाई हेर्न हो भने फ्रान्सको राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, बेलायतको आन्दोलन, रुसको जार समाप्त, ग्रीस, मेसोपोटामिया, एथेन्स, आर्य मंगोल मि श्र, सिन्धुघाटी यी सबै मानिसको स्वतन्त्रताप्रतिको लडाईं र एकदलीय तानाशाहविरुद्धको लडाईं थिए। यी लडार्इंबाट मानवमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विषयमा परिवर्तन ल्यायो भने विभिन्न वादको जन्म हुनुका साथै नयाँ नयाँ सिद्धान्तको प्रतिपादन र स्वतन्त्र राज्यहरूको स्थापना भयो।

नेपाली कांग्रेसले विरोधको नाममा विरोध होइन ६ करोड नलिने घोषणा गरोस् तब बन्छ नयाँ नेपाल।

फेन्च राज्य क्रान्ति १४ जुलाइ १७८९ मा सुरु भएको थियो भने सन् १७९९ मा अन्त्य भयो। करिब १० वर्ष चलेको जेल तोडको नामले सुरु अन्दोलनको प्रमुख कारण निरंकुश राजा लुईस सोह्रौैंले वृद्धि गरको कर, आर्थिक मन्दी र फ्रान्सको सहभागितामा अमेरिकी क्रान्ति थिए। यस्ता अनेकन बाह्य र आन्तरिक कारणबाट भएको क्रान्तिले नेपोलियन बोनापार्ट जन्मायो।

अमेरिकी क्रान्ति १७६५-१७८३ सम्म चेलेको थियो। अमेरिकन क्रान्तिका पछाडि उपनिवेश वा दासत्वबाट मुक्त हुनु, बढी कर, फ्रेन्च वार, सहन नसक्ने कानुन, बोस्टनमा नाकाबन्दी, बेस्टनमै ठूलो विरोध आदि प्रमुख कारण थिए। त्यसक्रममा ब्रिटिसको विरुद्धमा लड्न फ्रान्सले पनि ठूलो सहयोग गरेको थियो। यो संग्राम १७८३ भएको थियो। त्यसैगरी अमेरिकी क्रान्ति १३ राज्यले गरेका थिए भने सत्रौं शताब्दीमा ब्रिटिसले उत्तर अमेरिका भनेर नामकरण गरेका थियो। उक्त देशका प्रमुख राज्य न्युयोर्क, ह्याम्सपायर, मेरिल्यान्ड, भर्जेनिया आदि १३ राज्य अठारौं शताब्दीको पूर्वाद्धमा स्वतन्त्र भएका थिए।

बेलायती इतिहास हेर्ने हो भने सन् १२१५ बेलायतका दिग्गज राजा जोनद्वारा प्रकाशित म्याग्नाकार्टामा बेलायती जनताका आधारभूत अधिकार, संवैधानिक अधिकार र मानव अधिकारका कुरा सम्पूर्ण व्याख्या गरिएको छ। त्यसकारण पनि बेलायतमा कहिले राज्यक्रान्ति भएन। तर सन् १६०० देखि १६४९ को बीचमा भने बेलायत, स्कटल्यान्ड र आयरल्यान्डका राजा हटाइएका थिए र धेरै राजाले युद्घमा ज्यान गुमाएका थिए।

सोभियत गणराज्यको इतिहास हेर्ने हो भने सन् १९१७ नोभेम्बर ६ र ७ जसलाई जुलिएन क्यालेन्डरअनुसार अक्टोबर क्रान्ति पनि भनिन्छ। डुमाहरूको सरकार हटाएर बोल्सेभिकहरूद्वारा रक्तपातविहीन आन्दोलन गरे जसको नेतृत्व बोल्सेभिक पार्टीका नेता भ्यादिमिर लेनिनले गरेका थिए। जसमा उनले घोषणा गरे ‘अब सरकार सिपाही, मजदुर र किसानको प्रत्यक्ष नेतृत्वमा सोभियत शासन चल्ने छ’ जुन संसारको पहिलो कम्युनिस्ट राज्य भयो।

त्यसैगरी सोभियत जनविद्रोहमा लेनिनको बोल्सेभिक सरकारलाई रेड आर्मीले साथ दियो भने केही समूहको पक्षमा सेतो आर्मी लडेको थियो र सन् १९२३ मा रेड आर्मीले जनयुद्ध जितेको घोषणा ग¥यो त्यसपश्चात सोभियत युनियन गठन भयो। उक्त जनयुद्धका बेलामा लेनिनले भनेका थिए ‘हे सर्वहाराहरू हो हार्दा केही जाँदैन, जित्दा संसार जितिन्छ।’

समाजवादका एक ध्रुव माओले सांस्कृतिक क्रान्तिद्वारा सत्ता हातमा लिए भने जनसंघर्षद्वारा दोस्रो धु्रवमा युरोपबाट उत्पत्ति भई बेलायत, फ्रान्स, स्विडेन आदि देश रहे जहाँ आर्थिक, राजनीतिक र सामाजिक विषयमा बहस हुन थाल्यो, जुन दुई धारमा राजनीतिक व्यवस्था धु्रवीकृत भयो। प्रजातान्त्रिक समाजवाद साम्यवाद। प्रजातान्त्रिक सामाजवाद हालको विश्व हो र साथै परिकल्पना हो साम्यवाद। यसका चरण छन्।

१. आदिम साम्यवाद -जुन पुरातन युगलाई लिन सकिन्छ।

२. इतिहासको भौतिक व्याख्या-चेतना र पदार्थको व्याख्या,-समाजवादी भन्छन् पहिले पदार्थको विकास भयो त्यसपश्चात मात्र चेतनाको तर साम्यवादी चेतना नभई पदार्थ हुनै सक्दैन भन्छन्। कार्ल माक्र्सले प्रतिपादन गरेको यस सिद्धान्तलाई माओले अझ व्याख्या गरे जुन हालसम्म पनि बहसमा छँदैछ।

३. अतिरिक्त मूल्यको सिद्धान्त-जहाँ बीचको फाइदाको बारेमा कुरा गरिन्छ।

४. वर्ग संघर्ष - धनी र गरिब तर मध्यम वर्गको बारेमा कुरा गरिँदैन-जहाँ सर्वहाराको जित र सर्वहाराको राज्य स्थापना हुन्छ।

५. साम्यवाद - राज्यविहीन, वर्गविहीन समाजको निर्माण

समाजवाद त्यस्तो हुनुपर्छ जहाँ कसैले हार्दैन सबैले न्याय पाउँछ, मानव अधिकारको ग्यारेन्टी हुन्छ। न्याय, शान्ति सुरक्षामा सबैको पहुँच पुग्छ, राज्यविहीन कोही हुँदैन सबैलाई समानता होइन समता हुनुपर्छ। चीन उत्तर कोरिया आदि देशमा बहुदलीय व्यवस्था हटाएर बहुलवादी व्यवस्था राख्नुस पूर्ण प्रजातान्त्रिक भइहाल्छ। लोकतान्त्रिक गणराज्यमा लोकतन्त्र हटाएर गणतन्त्रमात्र राख्नुस् उत्तर कोरिया जस्तै भइहाल्छ। समाजवाद मात्र राख्नुस्, साम्यवाद भइहाल्छ, लोकतान्त्रिक समाजवाद राख्नुस् वर्तमान विश्वको प्रजातान्त्रिक व्यवस्था भइहाल्छ।

विश्वमा परिवर्तनको लहर आउँदा नेपाल अछुतो हुन सकेन र २०६२/०६३को आन्दोलनले ल्यएको परिवर्तन क्रमभंगताको परिणाम हो। तर हाल शासन व्यवस्था परिवर्तन होइन सरकार परिवर्तनको मात्र भान भइराखेको छ। साँच्चिकै संवैधानिक सर्वोच्चता कायम राख्ने हो भने राष्ट्रपति प्रधानमन्त्री देश विदेशको भ्रमणमा जाँदा भीभीआईपी संस्कृति त्याग्नुपर्छ जनतालाई दुःख दिने होइन। यदि तपाईंहरू समाजवादउन्मुख हो भने सहर होइन गाउँ हेर्नुस्। काठमाडौंमा आठ लेनको बाटो बन्दा, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दा, वायुमण्डलमा भूउपग्रह पठाउँदा, काठमाडौंमा अत्याधुनिक अस्पताल बन्दा यी अनेकौं क्षेत्रमा कर्णालीका जनता कहाँ अटाउँछन् त्यो हेर्नुस। तपाईंहरूसँग मुलुकलाई कायापलट गर्ने म्यान्डेट छ जनताले दिएका छन् तीनै तहमा।

मुलुकको कायापलट गर्ने वा प्रतिविम्ब हेर्ने ठाउँ भनेको सरकारले प्रस्तुत गर्ने बजेट नै हो। यो बजेट कस्तो छ भन्दा कम्युनिस्टले ल्याएको कांग्रेसले नराम्रो भन्नैपर्ने विगतमा कांग्रेसले ल्याउँदा कम्युनिस्टले विरोध गरे जस्तै र बजेट राम्रा नराम्रा दुवै पक्ष छन्। विकासनिम्ति वैदेशिक ऋणमा बनाउनुपर्ने बजेट कनिका छराइले काम गर्दैन। करिब ९० प्रतिशत व्यापार घाटा भएको देश संसारमा असफल राष्ट्रको सूचीमा पर्दछ। बजेटमा अर्जुनदृष्टि होस् जसले व्यापार घाटा अन्त्य गरोस्। सम्पन्न र स्वाभिमानी राष्ट्रको रूपमा मूलुकलाई दर्ता गरौं अरू केही चाहिँदैन। मात्र इच्छाशक्ति र इमान्दारिता हुनु जरुरी छ। मुलुकको सम्पूर्ण बजेट शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटनमा मात्र लगाऔं। दश वर्षभित्र बीस हजार मेघावाट बिजुली निकालौं। प्रचण्ड ४८ डिग्री गर्मीको बेलामा स्विच हातमा लिएर बसौं तब कतारमा जस्तै जनताको खातामा सरकारले कतिबेला पैसा हालिदिन्छ पत्तै हुँदैन। आगामी ३० वर्षभित्र यो सम्भव छ। कतारका जनता भारतीयहरूसित चामल लिएर मोतीको व्यापार गर्थे। पर्यटन –प्रकृतिको उपहार हामीसँग छ।

संविधानमा समाजवादको परिकल्पना गरिएको छ, बजेटमा छैन। प्रत्येक सांसदलाई ६ करोड विकास खर्च होइन चुनाव खर्च दिइएको भन्ने जनताले बुझेका छन्। समाजवादमा मेल नखाने काठमाडांैका १० सांसदलाई ६० करोड तर खर्च गर्ने ठाउँ छैन। कर्णाली प्रदेशमा १० वटा जिल्लामा ६० करोड, विचार गरांै कहाँ समानता छ , विकास कहाँ चाहिएको छ। राम्रो कामको सुरुवात तुरुन्त गरौं। दुईतिहाइ बहुमत यहाँ देखाऔं। ६ करोड हटाऔैं। नेपाली कांग्रेसले विरोधको नाममा विरोध होइन ६ करोड नलिने घोषणा गरोस् तब बन्छ नयाँ नेपाल।

-केसी राप्रपाका केन्द्रीय सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.