डिजिटल युगको शिक्षा

डिजिटल युगको शिक्षा

काठमाडौं : सूचना प्रविधिको विकासले शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याइदिएको छ। इन्टरनेटको विकाससँगै ई–लर्निङ, मोबाइलको सहज र व्यापक उपलब्धतासँगै एम–लर्निङ, त्यसमा अझै स्तरोन्नति भएर पोर्टेबल डिभाइसमा विषयवस्तु राखेर सिक्ने सिकाउने चलनसँगै यसलाई यू–लर्निङ (युविक्विट्स लर्निङ) भन्न थालियो। यो क्रम विकास हुँदै जाँदा माथिल्लो तहका विद्यार्थीका लागि म्यासिभ ओपन अनलाइन कोर्सेस (मुक) अध्ययन गर्न सकिने अभ्यास सुरु भइसकेको छ। विश्वका चर्चित विश्वविद्यालय हार्वर्ड, एमआईटीमा अध्यापन हुने विषयको अनलाइनबाट नै अध्ययन गर्न सकिने सुविधा विश्वभरका विद्यार्थीका लागि उपलब्ध छ।

यस्तै अभ्यासलाई अनुसरण गर्दै विद्यालय तहको शिक्षामा डिजिटल माध्यमका साथै र विद्यार्थीसँगको साक्षात्कारलाई साथै अघि बढाउने ‘ब्लेन्डेड लर्निङ’ उपयुक्त हुने अनुभव यसका अभ्यासकर्ताको छ। डिजिटल प्लेटफर्मको सिकाइसँगै शिक्षक, प्राध्यापक तथा विद्यार्थीबीच अन्तक्र्रिया हुने वातावरणले अध्ययन र अध्यापन प्रभावकारी हुन्छ भन्छन् डियरवाक सिफल स्कुलका प्रिन्सिपल विजय श्रेष्ठ। डियरवाक स्कुलले अहिलेसम्म १६०० भन्दा बढी भिडियो लेक्चर तयार गरी यसलाई सबैको पहुँचमा डियरवाक लर्निङ सेन्टरको वेबसाइट र युट्युबमा पनि सहजै खोज्न सकिने गरी अपलोड गरेको छ। यसमा कक्षा ५ देखि १० सम्मका अनिवार्य विषयका भिडियो लेक्चर तयार पारेर इन्टरनेट प्रयोगकर्ता तथा यसलाई डाउनलोड गरेर इन्टरनेटको पहुँच नभएका ठाउँमा समेत पुर्‍याउन सकिने व्यवस्था गरेको छ। श्रेष्ठ यसका सूत्राधार हुन्।

उनका अनुसार विद्यार्थीलाई कुनै विषय पढाउनुअघि भिडियो लेक्चर हेर्न लगाइन्छ। जहाँ शिक्षकले कक्षाकोठामा पढाएजस्तै गरी विद्यार्थीले सिक्न सक्छन्। भिडियो लेक्चरबाट विद्यार्थीले दोहोर्‍याएर–तेहेर्‍याएर बुझ्न सक्छन् र त्यसका बाबजुद पनि नबुझेका सवाल कक्षाकोठामा शिक्षक/शिक्षिकासँग सोध्न सक्छन्। ‘कक्षाकोठामा कुनै एउटा शीर्षकमा तीन/चार पटक शिक्षकले पढाउन सम्भव हुँदैन, जुन विद्यार्थीले भिडियो लेक्चरमा शिक्षकले पढाएझै दोहोर्‍याएर–तेहेर्‍याएर हेर्न सक्छन्’, श्रेष्ठ भन्छन्, ‘कक्षा कोठामा उपलब्ध हुने समयमा विद्यार्थीले नबुझेका सवाल गर्न सक्छन् भने शिक्षकले पनि सबै विद्यार्थीलाई ध्यान दिन र उनीहरूको क्षमता बुझेर सिकाउने मौका पाउँछन्।’

शिक्षकले पढाइसकेपछि गृहकार्य दिनेभन्दा पनि भोलिपल्ट कक्षामा पढाइ हुने विषय घरमै भिडियो लेक्चर हेर्न लगाएर कक्षाकोठामा गृहकार्य गर्ने फ्लिप क्लासरुम विधि डियरवाकले अंगिकार गरेको छ।

शिक्षकले पढाइसकेपछि गृहकार्य दिनेभन्दा पनि भोलिपल्ट कक्षामा पढाइ हुने विषय घरमै भिडियो लेक्चर हेर्न लगाएर कक्षाकोठामा गृहकार्य गर्ने फ्लिप क्लासरुम विधि डियरवाकले अंगिकार गरेको छ। यसले पठनपाठनमा प्रभावकारिता ल्याएको यहाँका शिक्षक, शिक्षिकाको अनुभव छ।

यसरी बनाइएका भिडियो लेक्चर आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि मात्र होइन, जो कोही इच्छुक विद्यार्थीको पहुँचमा छ। कतिपय पाठ्यपुस्तक समयमा नपुग्ने दुर्गम ठाउँका विद्यालयमा भिडियो उपलब्ध गराएर पनि विद्यार्थीलाई अध्ययन अध्यापनमा सहयोग पुगेको छ। इन्टरनेटको पहुँच पुगेका ठाउँमा विद्यार्थीले गुगललगायत सर्च इन्जिनबाट खोजेर पनि ती सामग्री प्राप्त गर्न सकिन्छ तर डियरवाकले तयार गरेका भिडियो लेक्चर पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम अनुसार तयार पारिएको हो। विद्यार्थीले सहजै बुझ्न सक्ने गरी बोलेर र लेखेर (नेपाली भाषामा) समेत यी लेक्चर उपलब्ध छन्।

विज्ञान र गणितका लेक्चर धेरै हेरिनेमा पर्छन्। सबै भिडियो लेक्चर पाठ्यपुस्तककै विषयसूची अनुसार मिलाएर राखिएका छन्। विद्यालय तहको शिक्षा र खासगरी आधारभूत तहको शिक्षा विद्यार्थीका लागि जग हो। उनीहरूलाई सुन्ने, पढ्ने, लेख्ने र बोल्ने उत्तिकै गुणको विकास आवश्यक हुन्छ। डिजिटल माध्यमको शिक्षालाई राष्ट्रव्यापी बनाउन सके यसले शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने धारणा राख्छन् श्रेष्ठ।

ओपन अनलाइन कोर्स अध्ययन गरी विश्वविद्यालय तहको परीक्षा दिएर शैक्षिक डिग्री पनि लिन सक्छन्। नेपाली विश्वविद्यालयले भने अझै अनलाइन ओपन कोर्सलाई सुरुवात गरेका छैनन्। प्रविधिले आज दूरशिक्षा र चिकित्सक नपुगेका ठाउँमा टेलिमेडिसिनमार्फत् उपचार सम्भव भएको छ। डियरवाकले एसईईपछिका ब्रिजकोर्स र ल्याङवेज कोर्स अनलाइन नै पनि अध्यापन गराइरहेको छ।

यसका अतिरिक्त डियरवाक ग्रुपको ट्रेनिङ सेन्टरले विदेशमा विद्यार्थीलाई सफ्टवेयर प्रोग्रामिङको तालिम समेत दिइरहेको छ। यस्ता कोर्सलाई नेपाली विश्वविद्यालयले मान्यता दिने हो भने अझै धेरै विदेशी विद्यार्थी डिजिटल माध्यमबाट शिक्षा र तालिम लिन लालायित हुनसक्छन्। जसको लाभ सिंगो मुलुकले लिन सक्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.