क्रिप्टोकरेन्सी ‘लिब्रा’ को तयारीमा फेसबुक

क्रिप्टोकरेन्सी ‘लिब्रा’ को तयारीमा फेसबुक

काठमाडौं : सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो क्रिप्टोकरेन्सी ल्याउने भएको छ। फेसबुकले अन्य २७ वटा संस्थासँगको सहकार्यमा लिब्रा संघ बनाइ त्यसमार्फत लिब्रा नामक क्रिप्टोकरेन्सी तयार पारेको जनाएको छ। कम्पनीले आफ्नो सोसियल नेटवर्कलाई विस्तार गर्न र ई–कमर्स तथा ग्लोबल पेमेन्टमा अगाडि बढ्न क्रिप्टोकरेन्सी सन् २०२० मा लन्च गर्ने योजना सार्वजनिक गरेको हो।

कम्पनीले हाल क्रिप्टोकरेन्सीमा आधारित क्यालिब्रा नामक प्लेटफर्म लन्च गरेको छ। यो एक किसिमको पेमेन्ट सिस्टम हो जुन आगामी वर्ष मात्र उपलब्ध हुने फेसबुकका संस्थापक मार्क जुकरवर्गले बताएका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी गराएका हुन्। उनका अनुसार यो प्लेटफर्म डिजिटल वालेटको रूपमा रहनेछ जसले लिब्रा करेन्सी बचत गर्न, पठाउन र खर्च गर्न सहयोग गर्नेछ।

यसका लागि फेसबुकले जेनेभामा आधारित विभिन्न २८ वटा पार्टनरसँग सहकार्य संघ निर्माण गरिएको छ। उक्त संघले सन् २०२० को पहिलो अर्धवार्षिकमा सार्वजनिक हुने नयाँ डिजिटल क्वाइनलाई आफ्नो अधिनमा राख्नेछ। त्यसका साथै ओपन सोर्समा आधारित लिब्रा ब्लकचेन तथा डेभलपर प्लेटफर्मलाई विभिन्न किसिमले प्रवद्र्धन गर्नेछ भने लिब्रालाई पेमेन्टको रूपमा स्वीकार्य बनाउन छुट र रिवार्ड दिनसक्ने उल्लेख गरिएको छ।

लिब्रा एसोसिएसनमा फेसबुकका साथै उबर, भिसा र एन्ड्रेसेन होरोविजको भोटिङ अधिकार रहेको छ। उक्त लिब्रामा आधारित भएर फेसबुकले क्यालिब्रा प्लेटफर्म बनाउनेछ। फेसबुकको म्यासेजिङ प्लेटफर्म म्यासेन्जर र ह्वाट्सएपसँग जोडिएको हुनेछ। जुकरवर्गका अनुसार यसको प्रयोग अत्यन्तै सहज हुनेछ। ‘जस्तो अहिले म्यासेन्जर र ह्वाट्सएप डाउनलोड गरेर म्यासेज आदानप्रदान गरेजस्तै पैसा आदनप्रदान गर्न सकिनेछ’, उनले लेखेका छन्, ‘स्मार्टफोन प्रयोग गर्ने जोसुकैले शून्यको हाराहारीमा करेन्सी आदानप्रदान गर्न सकिनेछ।’

यसले मानिसको जीवनमा सहजता ल्याउने विश्वास जुकरवर्गको छ। विश्वभर निकै मानिस आधारभूत वित्तीय सेवाबाट बञ्चित रहेको भन्दै उनले त्यस्ता मानिसलाई वित्तीय क्षेत्रमा ल्याउन यसको सुरुवात गर्न लागिएको उल्लेख गरे। ‘विश्वका आधाभन्दा बढी वयस्क मानिससँग सक्रिय बैंक एकाउन्टसम्म छैन र विशेष गरी विकासशील मुलुकमा यो अवस्था झनै खराब छ भने महिलाका लागि स्थिति अनुकूल छैन’, जुकरवर्गले लेखेका छन्, ‘लाखौं मानिस बैंकिङ पहुँचबाट बाहिर छन्। स्मार्टफोन भएर पनि बैंकिङ पहुँचमा नपुगेकालाई जोड्ने यो एउटा प्रयास हो।

फेसबुकका ब्लकचेन भाइस प्रेसिडेन्ट डेभिड मार्कोसले भने, ‘यदि अधिक कारोबार भए, त्यसपछि अधिक साना व्यवसाय खुल्ने र धेरै बिक्री गर्नेछन्। उनीहरूले प्लेटफर्ममा धेरै विज्ञापन खरिद गर्नेछन् जसले गर्दा विज्ञापन व्यवसायको लागि फाइदा हुनेछ।’ लिब्रा नाम रोमन तौल मापनबाट लिइएको हो जुन ज्योतिषशास्त्रका अनुसार न्यायका लागि परिचित छ। फेसबुकको यो प्रोजेक्टमा अन्य चर्चित कम्पनी पनि समावेश छन्। जसमा मास्टरकार्ड इन्क, भिसा इन्क, स्पोटिफाई टेक्नोलोजी एसए, पेपाल होल्डिङ्स इन्क, ईबे इन्क, उबर टेक्नोलोजिज इन्क र भोडाफोन ग्रुप पीएलसी, लिफ्ट, मर्स कर्पस्, वोमेन्स वल्र्ड बैंकिङलगायत छन्। फेसबुकले लिब्रा सन् २०२० सम्म लन्च हुँदा १०० सदस्य हुने अपेक्षा गरेका छन्। लिब्रा एसोसिएसनमा सदस्य हुन प्रत्येक कम्पनीले कम्तीमा १० मिलियन अमेरिकी डलर लगानी गर्नुपर्ने उल्लेख छ।

क्यालिब्रा प्लेटफर्मले लिब्रा प्रयोग गर्ने ग्राहकको गुनासो परीक्षण गर्ने, भेरिफिकेसन प्रयोग गर्ने र एन्टी–फ्रड प्रोसेसलाई रोक्नेलगायत काम गर्ने फेसबुकले जानकारी दिएको छ। फेसबुकका अनुसार यसबाट हुने कारोबार खर्च अन्य मर्चेन्टभन्दा निकै कम हुनेछ भने प्रत्येक क्रिप्टोकरेन्सी लिब्रा सरकारी सपोर्ट रहेको सम्पत्तिद्वारा संरक्षित हुने बताइएको छ। फेसबुकले यदि कुनै ग्राहकले लिब्रामार्फत हुने फ्रडबाट रकम गुमाएमा त्यसलाई रिफन्ड गर्ने योजनासमेत रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.