पूर्व मिस इन्डियामाथि अभद्र व्यवहार

पूर्व मिस इन्डियामाथि अभद्र व्यवहार

सन् २०१० की मिस इन्डिया युनिभर्सको ताज पहिरिएकी अभिनेत्री उशोशी सेन गुप्तामाथि अभद्र व्यवहार भएको छ। अभद्र व्यवहार गरेको आरोपमा कोलकाता प्रहरीले सातजनालाई गिरफ्तार गरेको छ।

उशोशीका अनुसार मंगलबार राति कामबाट घर फर्किंदै गर्दा केही अज्ञात व्यक्तिले कोलकाताको जवाहरलाल रोड क्रसिङ नजिकबाट उनलाई पछ्याएका थिए। आफ्नी एक सहकर्मीका साथ रहेकी उनी सवार कारलाई युवकहरूले ठक्कर दिए। र, लगत्तै युवकहरूले कार चालकलाई कुटपिट गर्न थाले।

उशोशीले घटनाबारे जानकारी तस्बिरसहित आफ्नो फेसबुकमा समेत पोस्ट गरेकी थिइन्। प्रहरीले फेसबुकमा पोस्ट गरेको उनको तस्बिर तथा सीसीटीभी फुटेजका आधारमा सातजनालाई गिरफ्तार गरेको हो।

उनले आफ्नो सुरक्षासँगै कार ड्राइभरलाई निर्मम ढंगले कुटपिट गरेकाले बोल्नु परेको बताएकी छन्। उनले आफूलाई दुव्र्यवहार भने नगरेको जनाएकी छन्। उनले भनेकी छन्, ‘एक युवकले मलाई कारबाट लतार्न खोजे।

किनकि ड्राइभरलाई कुटपिट गरेको उनीहरूको कर्तुत मैले मोबाइलमा भिडियो खिचेको थिएँ। उनीहरू त्यो भिडियो डिलिट गर्न चाहन्थे, दुव्र्यवहार गर्ने मनशाय भएजस्तो लाग्दैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.