१० जनाले पाए स्मार्टफोन

१० जनाले पाए स्मार्टफोन

काठमाडौं : निजी दूरसञ्चार सेवाप्रदायक एनसेलले ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा गरेको छ। यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको हो।

वैशाख १६ देखि सुरु भएको यो योजना साउन १३ गतेसम्म सञ्चालनमा रहनेछ।

एनसेलले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरूप १० मिनेटसम्म पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्छन्।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्। यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउँछन्। एक हप्ताको समयमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयानुसार विजेता छनोट गरिन्छ।

यो योजना सुरु भएको चार हप्तासम्म ४० जना ग्राहक स्मार्टफोनका लागि छनोट भइसकेका छन्। जसमा १० जनाले उपहार प्राप्त गरिसकेका छन् भने अन्य ३० को पहिचान भइसकेको छ। एक हप्ताको अवधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार यो योजनाअन्तर्गत विजेता छनोट गरिन्छ। प्रमाणीकरण भइसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिँदै आएको छ।

यो योजनाअन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सकिन्छ। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजनामा निःशुल्क भाग लिन सक्नेछन्। त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.