अपराधी किन पक्राउ पर्दैनन् : साह

अपराधी किन पक्राउ पर्दैनन् : साह

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश–२का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधीलाई सम्बन्धीत निकायले पक्राउ नगरेको गुनासो गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले बलात्कारका आरोपी र ठेकेदारका निर्माण सामग्री जलाउनेहरु किन पक्राउ नपरेको भन्ने प्रश्न समेत गरे। 

‘केही दिन अगाडी रौतहट जिल्लामा मात्र ६ वटा स्काभेटर जलाइएको छ तर एकजना पनि अपराधी समातिएको छैन, यसरी श्रृखलावद्ध तरिकाले ठेकेदारको कामलाई अवरोध गर्ने अपराधीक काम भएको छ,’उनले भने,‘त्यसैले म माननिय गृहमन्त्रीमार्फत जान्न चाहान्छु ती स्काभेटर कसले जलायो? ती अपराधीहरु कहाँ छन्? उनीहरु किन कानूनको दायरामा आएका छैनन?’

स्थानीय प्रशासनले गर्नूपर्ने सरकारी कामहरु नगरेको र नगर्नुपर्ने कामहरु गरेको समेत उनले आराेप लगाए। त्यसको गम्भीरतापूर्वक सरकारले छानविन गर्नुपर्ने धारणा उनको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.