टिपरको ठक्करबाट मृत्यु
दमौली : टिपरको ठक्करबाट घाइते म्याग्दे गाउँपालिका ५ दोभानका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। बाख्रा चराउँदै गरेका स्थानीय ५९ वर्षका बलबहादुर विक खैरेनीटारबाट भिमाद जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिपरको ठक्करबाट घाइते भएका थिए।
घाइते विकलाई उपचारका लागि बेलचौतारास्थित सेतीगंगा सामुदायिक अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।