हायात होटलका कर्मचारी कारबाहीमा

हायात होटलका कर्मचारी कारबाहीमा

काठमाडौं : हायात होटल व्यवस्थापनले आन्दोलन गर्न उक्साएको भन्दै आफ्नै कर्मचारीलाई कारबाही गरेको छ।हायात होटलको आधिकारिक ट्रेड युनियन तथा होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष हेमबहादुर पण्डित र संघका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बनसहितको कारबाही गरेको उल्लेख छ ।

होटलले अन्य ६ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको होटलको आधिकारिक ट्रेड युनियनले जानकारी दिएको छ।होटल व्यवस्थापनले एक साता होटलका कर्मचारीलाई उक्साएर काम गर्ने वातावरण नबनाएको र होटलको कामकारबाही पूर्ण प्रभावित भएको भन्दै ६ जनालाई स्पष्टीकरण र ३ जनालाई निलम्बन गरेको होटल स्रोतले जानकारी दिएको छ ।

होटलले आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष विजयकुमार खत्री, सचिव रमेश अधिकारी, सदस्यत्रय दुर्गा महत, रबेल सम्बा लामा र शिवराम पुडासैनी तथा नेपाल स्वतन्त्र होटल मजदुर युनियनका वरिष्ठ उपाध्यक्ष शालिकराम सापकोटालाई स्पष्टीकरण सोधेको छ।होटलका आधिकारिक टे«ड युनियनका अध्यक्ष दाहालका अनुसार निलम्बनमा परेको भनिएका तीन जना कर्मचारीलाई होटलले मुख्य गेटमै ठूलो सुरक्षा दस्ता खटाएर भित्रै पस्न दिएको छैन।अरु कर्मचारीमाथि पनि व्यवस्थापकको दमन सुरु भइसकेको छ ।

होटलले आन्दोलन गरेको भन्दै काममा फर्किएका कर्मचारीमाथि काम गर्ने वातावरण बिगार्ने काम होटल व्यवस्थापकबाटै भइरहेको दाबी दाहालको छ।उनका अनुसार होटल व्यवस्थापनलाई मजदुर संघ र युनियनका केन्द्रीय कार्यसमितिले एक साताभित्र कर्मचारीमाथिको कारबाही फुकुवा गर्न र काममा फर्किने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।कर्मचारीमाथिको दमन कायम राखे वा कारबाही जारी गरे होटल व्यवस्थापकविरुद्ध कडा रूपमा मजदुर आन्दोलन हुने र यसको जिम्मेवारी होटल व्यवस्थापकले लिनुपर्ने चेतावनी दिएको छ।मजदुर आन्दोलका विषयमा होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

होटलका मजदुरले यसअघि व्यवस्थापनसँग भएको पटक पटकको सम्झौता पालन गर्नुपर्ने शर्त राख्दै अघिल्लो साता बिहीबारदेखि गरेको आन्दोलन मंगलबार फिर्ता लिएका थिए।सरकारी सम्पत्तिको दुरुपयोग गरेको विषयमा होटल आफैं छानबिनको दायरामा छ।यो होटलको विषयमा संसदीय समितिले १४८ रोपनी जग्गा भाडा सम्झौता खारेज र सेयर लगानीबापत लिएको १५० रोपनी जग्गा फिर्ता गर्न निर्देशन दिएको छ।संसदीय समितिको यो आदेश कार्यान्वयनकै चरणमा रहेको होटलमा स्वमित्व रहेको तारागाउँ विकास समितिको तालुक निकाय पर्यटन मन्त्रालयको भनाइ छ।होटलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.