विश्वकपमा ७१ विकेटको कीर्तिमान

विश्वकपमा ७१ विकेटको कीर्तिमान

विश्वकप क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान अस्ट्रेलियन खेलाडी ग्लेन म्याग्राको नाममा छ । ४९ वर्षीय म्याग्राले अस्ट्रेलियाका लागि सन् १९९६ देखि सन् २००७ सम्म विश्वकप खेलेका थिए । यस अवधिमा उनले ३९ खेल खेल्दै कुल ७१ विकेट लिएका थिए ।

उनको त्यो कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन । सन् २००७ को विश्वकपमा उनी एक्लैले २६ विकेट लिएका थिए । उनले सो विश्वकपको हरेक खेलमा विकेट लिएका थिए । म्याग्राले सो विश्वकपको ६ वटा खेलमा तीन÷तीन विकेट लिएका थिए । यसैगरी तीनवटा खेलमा दुई÷दुई विकेट लिए । दुई खेलमा भने एक÷एक विकेट हात पारेका थिए ।

सो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा श्रीलंकाका मुथैया मुरलिथरन दोस्रो स्थानमा छन् । उनले ६८ विकेट लिएका छन् । यसैगरी ५५ विकेटसहित पाकिस्तानका वसिम अकरम तेस्रो र ४९ विकेटसहित श्रीलंकाका चामिन्डा भास चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.