हटाउन सकिन्छ, दुबी

हटाउन सकिन्छ, दुबी

ओठको वरिपरि तथा शरीरका अन्य भागमा दुबी आएको छ ? यदि आएको छ भने सम्बन्धित विज्ञसमक्ष गएर बेलैमा उपचार गरे निको हुन्छ। दुबीकै कारण तनाव लिनु पर्दैन। छाला तथा सौन्दर्य विशेषज्ञ प्राडा. धर्मेन्द्र कर्णका अनुसार सेतो दुबी हटाउन सकिँदैन भन्ने सोचाइले कतिपय युवायुवती तनावमा बस्ने गरेका छन्।

के हो सेतो दुबी ?

छालामा रङ दिने कोष हुन्छ, जसलाई मेलानोसाइट भनिन्छ। मेलानोसाइटको संख्या हरेक व्यक्तिको शरीरमा बराबर हुन्छ। तर, यसले निकाल्ने रङ भने व्यक्तिपिच्छे फरक हुन्छ। डा. कर्ण भन्छन्, ‘शरीरमा भएको मेलानोसाइटको संख्या घट्यो वा नष्ट भयो भने वरिपरिको तन्तु सेतो हुन पुग्छ। त्यसलाई नै सेतो दुबी भन्ने गरिन्छ।’

हरेक व्यक्तिको शरीरमा रोगप्रतिरोधात्मक क्षमता हुन्छ। वातावरणको तापक्रमझैं रोगप्रतिरोधात्मक क्षमता पनि घटबढ भइरहन्छ। शरीरको प्रतिरोधात्मक क्षमता आवश्यकभन्दा बढी भएर छालालाई रङ दिने कोष (मेलानोसाइट) लाई नष्ट गर्न पुग्छ। यो कुन उमेरमा कोष नष्ट हुन्छ यकिन गर्न सकिँदैन। डा. कर्णका अनुसार रोगविरुद्ध जाइलाग्ने रोगप्रतिरोधात्मक क्षमताले कहिलेकाहीँ आवश्यकभन्दा बढी सक्रिय कीटाणुको साटो आफ्नै शरीरको कोषलाई नष्ट गर्न थाल्छ। छालालाई रङ दिने कोषलाई नष्ट गर्दा दुबी देखिन्छ। बालबालिकादेखि ज्येष्ठ नागरिकलाई समेत दुबी हुन सक्छ। प्रायःजसो १० वर्ष उमेर नाघेका व्यक्तिमा सेतो दुबी देखिएको छ।

दुबी देखिने अंगहरू

डा. कर्णका अनुसार जुन ठाउँमा छाला चलिरहन्छ वा चोटपटक लागिरहन्छ। त्यही ठाउँमा सेतो दुबी देखा पर्छ। विशेषगरी ओठ तथा आँखाको वरिपरि, घाँटी, काखी, कम्मर, औंलाको टुप्पोलगायत ठाउँमा दुबी देखिन्छ।

सेतो दुबी फैलने र नफैलने गरी दुई किसिमको हुन्छ। फैलने खालको दुबी शरीरका विभिन्न अंगमा देखा पर्छ। नफैलने खालको दुबी एकै ठाउँमा मात्र देखा पर्छ। दुबी बढ्ने गरेको छ कि छैन ख्याल गर्नुपर्छ। बढिरहेको छ भने त्यसलाई तत्कालै उपचार गर्दा छिटो निको हुन्छ। तर, नफैलने खालको दुबी छ भने हतार गर्नु पर्दैन। विस्तारै उपचार गरे हुन्छ। दुबीको आकार बढेको छ वा शरीरको अन्य अंगमा आएको छ भने तुरुन्तै नियन्त्रण गर्नुपर्ने हुन्छ।

निकाे हुन्छ

एक दशक अघिसम्म अधिकांशमा सेतो दुबी निको हुँदैन भन्ने विश्वास थियो। तर, अहिले सबै खालका दुबीको नेपालमै उपचार हुन्छ। दुबी कति भागमा फैलिएको छ र कति प्रभाव परेको छ त्यसका आधारमा उपचार शुल्क तिर्नुपर्ने हुन्छ। दुबी जति पुरानो भयो उपचारमा झन् धेरै समय लाग्ने डा. कर्ण बताउँछन्।

तीन लाख नेपालीलाई सेतो दुबी भएको अनुमान छ। बेलैमा उपचार गरे हटाउन सकिन्छ।

डा. कर्णका अनुसार अनुहार, छाती, पेट, ढाडमा दुबी देखिएको छ भने चाँडै निको पार्न सकिन्छ। औंलामा छ भने समय धेरै लाग्छ। उपचारका धेरै प्रकार छन्। मेडिकल र सर्जिकल गरी दुवै खालका उपचार पद्धति अपनाउन सकिन्छ। डा. कर्ण भन्छन्, ‘आत्मविश्वाससाथ बेलैमा उपचार गराउँदा निको हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.