बलात्कार आरोपीलाई ५ वर्ष कैद

बलात्कार आरोपीलाई ५ वर्ष कैद

राजविराज : बलात्कार प्रयासको आरोपमा थुनामा रहेका एक अभियुक्तलाई अदालतले शुक्रबार पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। सप्तरीको खडग नगरपालिका–३ पंसेराका ३७ वर्षीय ओपेन्द्र भनिने उपेन्द्र राम मोचीलाई सप्तरी जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो। उनी पुर्पक्षका लागि ०७४ साउन २५ गतेदेखि राजविराज कारागारमा थुनामा छन्। 

जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले पीडितको अभियोग दावी पुष्टि गर्दै पाँच वर्ष कैदसजायको फैसला सुनाएको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए। एक २२ वर्षीया महिलाले उनको कोठामा ०७४ साउन १ राति मोची प्रवेश गरी बलात्कार प्रयास गरेको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले ०७४ साउन ४ गते उनलाई पक्राउ गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.