कालिकोटमा गुफाभित्र वडासभा

कालिकोटमा गुफाभित्र वडासभा

कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका ५ को तेस्रो वडासभा गुफाभित्र संचालन गरिएको छ । जिल्लाको पर्यटकीय स्थल तिलागुफाको प्रचार प्रसारका लागि वडापालिकाले वडासभा गुफाभित्र संचालन गरेको हो।
               
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका ५ मा पर्ने तिला गुफाको प्रचार प्रसारका लागि वडाले आफ्नो तेस्रो वडा सभा नै गुफाभित्र संचालन गरेको वडा अध्यक्ष टिकाराम न्यौपानेले बताए । उनले कर्णाली राजमार्गमा पर्ने धनाडाबाट करिब ५ मिनेट पैदल हिँडेर अवलोकन गर्न सकिने उक्त गुफाको प्रचार प्रसारका साथै आन्तरिक तथा बाह्रय पर्यटको आकर्षक केन्द्रको रुपमा विकास गर्न वडा सभा नै गुफाभित्र संचालन गरिएको बताए । उनले भने, 'जिल्लाकै ऐतिहासिक तथा पर्यटकीय स्थल तिलागुफा पछिल्लो समय अवलोकन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । तर पनि यसको प्रचार प्रसारको अभाव र पूर्वाधार विकास हुन नसक्दा ओझेलमा छ । यसको पूर्वाधार विकासका लागि नगरसभामा पनि पहल गर्ने योजना छ ।' 

            
उनले कर्णालीकै चर्चित पर्यटकीय क्षेत्र रारा ताल भ्रमण गर्ने अधिकांश आन्तरिक पर्यटक धनाडामा गाडी राकेर तिलागुफाको अवलोक गर्ने गरेको बताए । उनले भने, 'जिल्ला सदमुकामबाट नजिकै रहेर पनि विगतमा सरकारी निकायले चासो नदेखाउँदा यो गुफाको प्रचार प्रसारका साथै उचित संरक्षण र पर्यटकीय स्थलका रुपमा विकास हुन नसकेको हो । गत आर्थिक वर्षमा तिलागुफा नगरपालिकाले १५ लाख बजेट छुट्याएर गुफा जाने पैदल मार्गको निर्माण गरको छ । वडा अध्यक्ष न्यौपानेका अनुसार गुफाभित्र संचालन गरिएको वडासभाले वडाको भौतिक पूर्वाधार विकासका क्षेत्रमा ३० लाख, अन्य विभिन्न लक्षित समुहको बजेट गरी एक करोडको बजेड विनियोजन गरेको छ।

उनले वडापालिकाले सुरु गरेको मेरो सम्पदा, मेरो दायित्व भन्ने अभियान अन्तरगत तिलागुफा र पुगमालिकाको पर्यटन प्रवद्र्धनका साथै पुगमालिकाको विकासका लागि बजेटको व्यवस्था गरिदिन संघीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको जानकारी दिए । साविकको जुविथा गाविसका उपाअध्यक्ष मनप्रसाद न्यौपानेले तिलागुफा नगरपालिका भित्र रहेका तिलागुफा, पुगमालिका, रुडुबन्चस पाटन लगायतका निकै आकर्षक पर्यटकीय स्थलहरुको विकासका लागि सबै तहका सरकारहरुले ध्यान दिनुपर्ने बताए । उनले प्रकृतिले दिएका उपहारलाई सम्बन्धित निकायको लापरवाहीका कारण ओझेलमा पर्न बाध्य भएको बताए।
        
तिलागुफा नगरपालिकाकी उपप्रमुख दर्शना नेपालीका अनुसार यो गुफा ४० मिटर भित्रसम्म लामो रहेको छ । उपप्रमुख नेपालीले तिलागुफा जस्तो ऐतिहासिक गुफाको संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न सकिए कालिकोट जिल्लाकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको बताइन् । तीला कर्णाली नदीको छालले छुन लागेको यो गुफा अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.