रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ वीरमा अस्पताल भर्ना गर्दा शैय्यामै नेलले बाँधेका थिए। 

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत चौधरीलाई नेलमुक्त गराउन र लगाउनेलाई कारबाहि गर्नसमेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले टेलिफोन गरेर निर्देशन दिएका हुन् । उनको निर्देशनपश्चात चौधरी नेलमुक्त भइसकेका छन् ।

अस्पतालमा रहँदा नेल लगाउनु मानवअधिकार विरुद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले बताएका छन् । सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको शुक्रबार प्रहरीले जानकारी दिएको थियो।

चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए। उनको अझै केहि दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

उनलाई नेलसहित अस्पतालमा भर्ना भएको तस्बिर सार्वजनिक भएसँगै सामाजिक संजालमा चर्को आलोचना भएको थियो । यसैबीच पूर्व प्रधानमन्त्री एवंम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले उत्पीडित थारू आन्दोलनकारीहरूमाथि खिया लागेको फलामको नेल र हत्कडी लगाउनु विडम्बनापूर्ण भएको बताए। शुक्रबार अस्पतालमा गएर चौधरीलाई भेट गरेपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका थिए । भट्टराईले लेखेका छन्-'टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!'

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो। ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए।  

उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए। चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.