तीन दिन देशभर वर्षा
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अगामी तीन दिनसम्म देशैभर वर्षा हुने अनुमान गरेको छ। महाशाखाका अनुसार शनिबार पूर्वी भूभागका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम खालको वर्षाको सम्भावना छ।
शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र मध्य तथा पूर्वका धेरैजसो स्थानसँगै पश्चिमका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो राजधानीमा वर्षा भएको छ ।