‘रेशम चौधरीलाई १४ किलोको नेलले बाँधेर लडाउनु कति विधिसम्वत् ?’

‘रेशम चौधरीलाई १४ किलोको नेलले बाँधेर लडाउनु कति विधिसम्वत् ?’

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजपाका निलम्बित सांसद रेशम चौधरीलाई नेलले बाँधेर उपचार गरेकोप्रति आपत्ति जनाएका छन्। 

सामाजिक सञ्जालमार्फत् सरकारप्रति प्रश्न गर्दै उनले आपत्ति जनाएका हुन्। बिहीबार वीर अस्पतालमा भर्ना भएका चौधरीलाई नेलले बाँधेर उपचार गराएको समाचार शुक्रबार सार्वजनिक भएपछि बाबुराम अस्पताल पुगेका थिए। 

चौधरीलाई भेटेको तस्बिर सार्वजनिक गर्दै बाबुरामले फेसबुकमा सरकारको यो हर्कतप्रति आपत्ति जनाएका हुन्। उनले सरकारले उपचारका लागि अस्पतालमा राख्दा खिया लागेको नेलले बाँधेर लडाएको भन्दै आपत्ति जनाएका हुन्। 

‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्वत् हो ?’, बाबुरामले प्रश्न गरेका छन्, ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’ 

ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरिएको थियो। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका हुन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको प्रहरीको भनाइ थियो।

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो। 

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा जेल जीवन बिताउँदै आएका थिए।  

उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहेकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी भएका थिए। चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरीलाई नेल लगाएर राख्नेलाई कारबाही गर्न निर्देशन दिँदै तत्काल नेल फुकाउने सम्बन्धित निकायलाई भनिसकेका छन्। ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् चौधरीलाई नेलमुक्त गराउन र लगाउनेलाई कारबाही गर्नसमेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले टेलिफोन गरेर निर्देशन दिएका हुन्। पधानमन्त्रीको निर्देशन लगत्तै चौधरी नेलमुक्त भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.