आतंकवादी समूहलाई सहयोग नगर्न पाकिस्तान सरकारलाई चेतावनी

आतंकवादी समूहलाई सहयोग नगर्न पाकिस्तान सरकारलाई चेतावनी

वासिङटन : पाकिस्तान आतंकवादी गुटहरुलाई सहायता रोक्ने काममा सक्षम नरहेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले आपत्ति जनाएको छ ।

साथै पाकिस्तानलाई अक्टोबरसम्म आफ्नो प्रतिवद्धता पूरा नगरे त्यसको नतिजाको सामना गर्नुपर्ने भन्दै एफटिएफले चेतावनी समेत दिएको छ । पाकिस्तान पहिलेदेखि नै ग्रे लिस्टमा रहेको उल्लेख गर्दै यस्तो प्रतिवद्धता पालना नगरे ब्ल्याक लिस्टमा राख्ने पनि उक्त संस्थाको चेतावनी छ ।

आतंकवादी सहायता तथा मुद्रा अपचलनमा निगरानीको काम गर्ने एफटिएफ फ्रान्समा सञ्चालित एक अन्तर्राष्ट्रिय निकाय हो । शुक्रबार प्mलोरिडामा भएको बैठकमा उक्त संस्थाले पाकिस्तानको गतिविधिमाथि प्रश्न उठाएको हो ।

एफटिएफले पाकिस्तानले आतंकवादी सहायतामा जे जस्तो गतिविधि गरेको छ, कुनै पनि प्रष्ट नभएको बताएको छ । पाकिस्तान सरकारले भने आफूहरु समयसीमाभित्रै एक्सन प्लान पूरा गर्ने कोसिस गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.