नेकपा सचिवालय बैठक बालुवाटारमा

नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणका कारण जेठ २३ गतेपछि बैठक बस्न सकेको थिएन । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । 

बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, बाँकी जिल्लाको कार्यविभाजनलगायत एजेण्डामा छलफल हुँदैछ । 

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गाैतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेलमात्र बैठकमा सहभागी छन् । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने विशेष कामले काठमाडौं बाहिर भएकाले बैठकमा सहभागी छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.