ज्योतिष सम्मेलन सुरु

ज्योतिष सम्मेलन सुरु

काठमाडौं :  नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासङ्घको १७औँ राष्ट्रिय ज्योतिष सम्मेलन काठमाडौँमा सुरु भएको छ।  सम्मेलनमा सहभागी वक्ताले पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिष विद्यालाई नै बद्नाम गराउने काम भएको भन्दै यस्त कार्यलाई बन्देज लगाउनुपर्ने धारणा राखे।    

     
सम्मेलनको उद्घाटन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले ज्योतिष शास्त्रको उत्पत्ति नेपालमा भएको र यसले समाजलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले ज्योतिष शास्त्रको शास्त्रीय मान्यतालाई स्थापित गर्न सबै ज्योतिष एकजुट हुनुपर्ने बताए। ‘ज्योतिषलाई सम्मान, आदर र मर्यादाले हेर्ने वातावरण सिर्जना गर्नुपर्छङ, उनले भने, ‘यसका लागि ज्योतिषबीच एकताको खाँचो छ।’     
     
विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले नेपालमा तीन प्रकारका ज्योतिष रहेपनि सबै ज्योतिषमा मतैक्यता रहन नसकेको बताए। उनले संस्कृत विश्वविद्यालबाट ज्योतिशाचार्य लिएका, विभिन्न प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएका र पुख्र्यौली परम्पराअनुसार ज्योतिष पेशा गर्दै आएका गरी तीन खालका ज्योतिषहरु रहेको उल्लेख गरे। 

विश्वविद्यालयमा पढेकाले भन्दा प्रशिक्षण लिएका र कुल परम्पराअनुसार ज्योतिष गर्नेहरु नै समाजमा अब्बल ठहरिएको उनको भनाइ छ।     
     
दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष सहदेव विष्टले ज्योतिष क्षेत्रमा रहेका विकृतिको अन्त्य गर्न वास्तविक ज्योतिषले समान धारणा बनाउनुपर्ने बताए। उनले अग्रजले सौद्धान्तिक ज्ञानभन्दा पनि अनावश्यक गफ दिएका कारण नयाँ पुस्तामा क्षमता वृद्धि हुन नसकेको बताए।
     
ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले गलत प्रचार र हल्ला फैलाउने ठग ज्योतिषलाई निरुत्साहित गर्नुपर्ने बताए। ‘सामाजिक सञ्जालबाट गलत प्रचार गरेर नागरिकमा आतङ्क फैलाउने व्यक्ति ज्योतिष हुन सक्दैन” उनले भने, ‘तिनले समग्र ज्योतिष क्षेत्रलाई बदनाम बनाइरहेका छन्।’     
     
कार्यक्रममा संस्कृत विश्वविद्यालयका सहप्रध्यापक डा माधवप्रसाद पौडेल, परिषद्का महासचिव सन्तोष वाशिष्ट, सचिव लक्ष्मण पन्थी, राष्ट्रिय महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ जोशीलगायतले मन्तव्य राखे। रासस   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.