बसको ठक्करले पैदल यात्रुको मृत्यु

बसको ठक्करले पैदल यात्रुको मृत्यु

झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौलाको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टाबाट धरानतर्पm गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातको गडीले ठक्कर दिएको हो। मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ गाडीले ठक्कर दिएको थियो। 

श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको डीएसपी  श्रेष्ठले जानकारी दिए। चारआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ। 

पैदलयात्रीको मृत्युपछि घटनालाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीकै सुुरक्षा घेरामा यातायातका सवारी साधन सुचारु गरिएको डीएसपी श्रेष्ठको भनाइ छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.