लागुऔषधसहित दुई पक्राउ
दमौली : तनहुँ प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले आँबुखैरेनी–२ का गिरबहादुर मगर र कास्की जिरो किमि घर भई आँबुखैरेनी –३ पानीघट्टा निवासी २७ वर्षका सुमन नेपालीलाई पक्रेको छ।
उनीहरुका साथबाट डाईजेपाम सिसि ९० एम्पुल, फेनरागन सिसि ९० एम्पुल र नुफिन सिसि ९० एम्पुल, अल्कोहल स्वाब १०० पिस र प्रयोग नगरेको सिरिन्ज १५ थान बबरामद भएको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए।
उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।