‘सुनौला हजार दिन’का आमालाई कुखुरा

‘सुनौला हजार दिन’का आमालाई कुखुरा

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिकाले ‘सुनौला हजार दिन’का आमालाई कुखुरा वितरण गरेको छ। 

मासु तथा अण्डाको प्रयोगबाट बालबालिकामा हुने कुपोषणको न्यूनीकरण गर्ने उद्देश्यले गर्भावस्थादेखि दुई वर्षमुनीका बालबालिकाकी आमालाई प्रति व्यक्ति दशवटाका दरले कुखुरा दिइएको हो।

खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले नगरपालिका र युनिसेफको सहकार्यमा ११ वटै वडामा रहेका सुनौला हजार दिनका आमाहरुलाई कुखुरा वितरण गरिएको बताइन्। 

‘हाम्रो नगरपालिकामा कुपोषणको समस्या व्यापक छ। माछा मासु तथा अण्डाको प्रयोग बढाएर कुपोषणको समस्या न्यूनीकरण गर्ने लक्ष्य हो’, उनले भनिन्, ‘माछा, मासु, अण्डा, सागपात तथा हरेक बार खाना चारको अवधारणलाई आत्मासाथ गरी व्यवस्थित खानपान, स्वस्थ परिवारको हामीले परिकल्पना गरेका छौँ।’

उनले खाँडाचक्र नगरपालिकाको कृषि शाखाबाट गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी करेसा बारीका लागि आवश्यक कृषि सामग्री सहयोग गरिएको बताइन्।
 
नगरपालिकाको कृषि शाखा प्रमुख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकल पर्सन परशुराम काफ्लेले नगरपालिकाले ३३ लाख र युनिसेफ नेपालको १३ लाख गरी ४६ लाखको बजेटमा कुखुरा खरिद गरिएको जानकारी दिए। 

सबै वडाका ३०∕३० जनाका दरले तीन सय ३० जना आमाहरुलाई तीन हजार तीन सय कुखुरा वितरण गरिएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.