पत्रकार राई सम्मानित
पोर्चुगल : पत्रकार एवं साहित्यकार केजिन राई पोर्चुगलकाे लिस्बनमा सम्मानित भएका छन्। नेपाली साहित्य, कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनी सम्मानित भएका हुन्।
राई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका यूरोप अध्यक्ष हुन्।महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका कार्यवाहक अध्यक्ष कृष्ण कँडेल र महासचिव बिनोदप्रसाद धिमालले राईलाई सम्मान गरेका थिए। उनले पोर्चुगलमा सन् २००३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन गरेका थिए ।