झुन्डिएको अवस्थामा गर्भवतीको शव भेटियो
दार्चुला : व्याँस गाउँपालिका–५ धौलाकोटकी २० वर्षीया कमला धामीको शव कोठामै झुण्डिएको अवस्थामा भेटिएको छ । शनिबार दिउँसो सबैलाई खाना पस्किएर कोठामा पसेकी धामी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
कमलाका श्रीमान जयलाल धामीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक रविन्द्र कठायतले भने, ‘खानाखाने बेलामा कोठामा झुन्डिएको अवस्थामा अवस्थामा शव भेटिएको हो ।’ कमला सात महिने गर्भवती थिइन् । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।
माइती पक्ष आइपुगेपछि मात्र शवको पोष्टमार्टम गरिने प्रहरी निरीक्षक कठायतले बताएका छन् ।