भारतको केन्द्रीय जेलमा पनि योग दिवस : आशाराम बापु सबैभन्दा अगाडि !
नयाँदिल्ली : शुक्रबार संसारभर योग दिवस मनाइयो । खासगरी भारतका विभिन्न स्थानमा योग दिवस भव्य रुपमा मनाइन्छ । प्रधानमन्त्री, मन्त्रीसहित थुप्रै नेता र आम नागरिकले समेत यस दिवस भव्य रुपमा मनाए ।
भारतको केन्द्रीय कारागारमा समेत अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइयो । यस अवसरमा सबै बन्दीहरुले आसन लगाएर योग गरेका थिए । बन्दीहरुमध्ये सबैभन्दा अगाडिको पंक्तिमा थिए, आशाराम बापु ।
बालिकालाई यौन उत्पिडन गरेको आरोपमा गत वर्ष अप्रिलमा आशारामलाई जेल सजाय सुनाइएको थियो । सार्वजनिक छवि बनाएका आशाराम जेल सजाय भोग्न थालेपछि पहिलो पटक योग दिवसको अवसरमा सार्वजनिक भएका हुन् ।
जेलमै योग गरिरहेको अवस्थामा उनको तस्बिर भारतीय संचारमाध्यमले सार्वजनिक गरेका हुन् । योग दिवसमा केन्द्रीय कारागारमै आशारामको नेतृत्वमा योग अभ्यास कार्यक्रम संचालन गरिएको हो ।
त्यसो त, आशाराम स्वयं योगमा अभ्यस्त तथा जानकार हुन् । जेलभित्रै पनि उनी हरेक बिहान योग अभ्यास गर्दैआएको भारतीय मिडिया बताउँछन् । यौन शोषणको मुद्दा पर्नुअघिसम्म उनी एक हिन्दु संन्यासीको रुपमा परिचित थिए ।