रूपचन्द्रका भाषण लुकीलुकी सुन्थें : नेपाल

रूपचन्द्रका भाषण लुकीलुकी सुन्थें : नेपाल

काठमाडौं : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दल र नेताले आफैंलाई परीक्षण गर्नुपर्ने समय आएको बताएका छन्।

रूपचन्द्र विष्टको २० औं स्मृति दिवसमा रूपचन्द्र विष्ट स्मारक प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिमा विकृति हावी हुन थालेको बताए। ‘देशभक्ति, पार्टी निर्माण, राज्य र समाज सञ्चालनका लागि हामीलाई आवश्यक कुरा के हो ? यो विषयमा हामी कति सचेत छौं आत्मसमीक्षा गर्नुपर्छ’, उनले भने, ‘साँच्चै जनताको अपेक्षाअनुसार हामीले काम गर्न सकेका छौं÷छैनौं भन्ने आत्मचिन्तन, परीक्षण र व्यापक बहसको खाँचो छ।’

आचरण, बानी व्यहोरा, संस्कार, नयाँ संस्कृतिका विषयमा चिन्तन गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्न सकिने उनले बताए। यसका लागि रूपचन्द्रले झकझकाउने काम गरेको उनको भनाइ थियो।

रूपचन्द्रको भाषण सुन्न लुकीलुकी राष्ट्रिय पञ्चायतमा पुग्ने गरेको उनले उल्लेख गरे। रूपचन्द्र आफूलाई लागेको कुरा प्रस्टसँग राख्न सक्ने नेता भएको उनको भनाइ थियो। रूपचन्द्र विष्ट (रुदाने) थाहा आन्दोलनका लागि नेता थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.