भारतलाई अफगानिस्तानको कडा टक्कर

भारतलाई अफगानिस्तानको कडा टक्कर

लन्डन  : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा भारत विजयी भएको छ । साउथह्याम्पटनको रोज बल रंगशालामा भएको खेलमा भारतले अर्को दक्षिण एसियाली टोली अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुँदै २१३ रन मात्र बनाउन सक्यो । मोहम्मद नाबीले अन्तिम ओभरसम्म जितको आशा देखाए पनि तीन बल बाँकी छँदा पेभेलियन फर्किएपछि अफगानिस्तानको सम्भावना समाप्त भएको थियो । लामो समय क्रिजमा डटेका नाबीले ५५ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए ।

अफगानिस्तानका रमात साहले ३६, कप्तान गुलबद्दिन नइबले २७, हसमतुल्लाह साहिदी र नाजिबुल्लाह जाडरनले समान २१ र हजरतुल्लाह जाजइले १० रन बनाए ।

भारतका मोहमद सामीले चार विकेट लिए । यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र युजभेन्द्र चाहलले दुई÷दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले खराव सुरुवात गरेको थियो । टोलीको खातामा सात रन मात्र रहेको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मालाई व्यक्तिगत एक रनमा गुमाएको भारतले त्यसपछि पनि लगातार विकेट गुमाउँदा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका बलरको कसिलो बलिङकासामु भारतीय खेलाडीले खुलेर खेल्न सकेनन् । भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धशतकीय पाली खेले । कोहलीले ६३ बलमा पाँच चौकाको मद्दतमा ६७ रन बनाए । यसैगरी जाधवले ६८ बलमा एक छक्का र तीन चौकाबाट ५२ रन बनाए ।

यसैगरी लोकेश राहुलले ३०, विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८ र हार्दिक पाण्ड्याले सात रन बनाए । अफगानिस्तानका मोहम्मद नाबी र कप्तान गुलबद्दिन नइबले दुई÷दुई विकेट लिए । यस्तै मुजीवउर रहमान, अफताव आलम, रामत साह र रासिद खानले एक÷एक विकेट हात पारे ।

यसअघि आफूले खेलेका चारमध्ये तीनवटा खेलमा भारत विजयी भएको थियो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । अघिल्ला खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेट, अस्ट्रेलियालाई ३६ रन र चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले हराएको थियो । भारत र न्युजिल्यान्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । अफगानिस्तानले भने यसअघि खेलेका सबै खेलमा पराजय बेहोरेको थियो । अफगानिस्तान अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्डसँग पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.