पेरुमाथि गोल वर्षा गर्दै ब्राजिल क्वाटर फाइनलमा

पेरुमाथि गोल वर्षा गर्दै ब्राजिल क्वाटर फाइनलमा

रियो दी जेनेरियो : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिलले फराकिलो जित निकालेको छ । आइतबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ५–० को एकपक्षीय जित हात पारेको हो । 

यसअघिको खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको ब्राजिल बलियो प्रतिद्वन्दी मानिएको पेरुविरुद्ध चम्किएको हो । ब्राजिलले ३ गोल पहिलो हाफमा र २ गोल दोस्रो हाफमा गरेको थियो । 

ब्राजिलका लागि पहिलो हाफमा  कस्मिरो(१२औं मिनेट), रोवेर्टो फर्मिनो(१९औं मिनेट), इभर्टन सोरेज(३२औं मिनेट)ले गोल गरेका हुन्। थप २ गोल दोस्रो हाफमा डानी अलभेज(५२औं मिनेट) र विलियन(९०औं मिनेट) ले गरेका हुन्) । अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर ब्राजिलले खेल एक पक्षीय बनाएको थियो । 

 जितसँगै ७ अंक बनाएको ब्राजिलसमूह ए को विजेता हुँदै  क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोही समूहमा बोलिभियालाई पराजित गरी भेजेजुएलाले पनि नकआउट चरणमा स्थान बनाएको छ । भेनेजुएलाले आइतबार बिहानै भएको खेलमा बोलिभियालाई ३–१ ले हराउँदै ५ अंकका साथ उपविजेता हुँदै क्वाटर फाइनलको स्थान सुरक्षति गरेको हो । अंकविहीन बोलिभिया प्रतियोगिताबाट बाहिरिएको छ । ४ अंक रहेको पेरुको भने उत्कृष्ट तेस्रो बन्दै क्वाटर फाइनलमा पुग्ने सम्भावना जिवितै छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.