विश्वकपमा चार शतकको कीर्तिमान
विश्वकप खेलेर विभिन्न खेलाडीले फरक खालको कीर्तिमान बनाएका छन् । एउटै विश्वकपमा लगातार चार शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान भने श्रीलंकाका पूर्वक्रिकेटर कुमार संगाकाराको नाममा छ ।
संगकाराले सन् २०१५ को एकदिवसीय विश्वकप क्रिकेटमा लगातार चार शतक हानेर विश्वकीर्तिमान रचेका थिए । उनले अघिल्लो विश्वकपमा पहिलो शतक बंगलादेशविरुद्ध बनाएका थिए । बंगलादेशविरुद्ध उनले १०५ रन बनाएका थिए ।
त्यसपछि उनले इङ्ल्यान्डविरुद्ध ११७, अस्ट्रेलियाविरुद्ध १०४ र स्कटल्यान्डविरुद्धको खेलमा १२४ रनको शतकीय पालि खेल्दै कीर्तिमान रचेका थिए ।
४१ वर्षीय संगकारा बायाँहाते ब्याट्सम्यान हुन् । उनले टोलीका लागि विकेटकिपरको भूमिका पनि निर्वाह गरे । १५ वर्ष श्रीलंकाको टोलीमा जमेका सांगाकारले २०१५ अगस्टमा क्रिकेटबाट सन्यास लिए ।
श्रीलंकाबाट उनले ४०४ एकदिवसीय क्रिकेट खेल्दा २५ शतक र ९३ अर्धशतक बनाएका छन् । सांगाकाराले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १४ हजार २३४ रन बनाएका छन् ।