लय गुमाएका टोलीको भिडन्त

लय गुमाएका टोलीको भिडन्त

एजेन्सी  :लन्डनविश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । लर्डस मैदानमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुने यी दुई टोलीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । 

जारी विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाको स्तर कमजोर नै देखिएको छ । पाकिस्तान यस पटक लयमा छैन । जारी विश्वकपमा पाँच खेल खेलिसकेको पाकिस्ताले एक जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको छ । पाकिस्तानले तीन अंक बनाएको छ । 

कहिले एक सय पाँच रनमै अलआउट हुने र कहिले इङ्ल्यान्डजस्तो बलियो टोलीलाई हराउने पाकिस्तानको शैली अपत्यारिलो छ । पहिलो खेलमा एक सय पाँच रनमै अलआउट भएको पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा तीन सय ४८ रन बनाएको पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र        श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तान आफ्नो पाँचौं खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले पराजित भएको थियो । पाकिस्तान विश्वकपको उपाधि चुमिसकेको टोली हो । पाकिस्तानले सन् १९९२ मा एक पटक मात्र विश्वकपको उपाधि जितेको थियो । पाकिस्तान आइतबार छैटौं खेल खेल्दै छ । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर हो । विश्वकपको सेमिफाइनल यात्रा जीवित राख्न पाकिस्तानलाई आइतबार दक्षिण अफ्रिकालाई हराउनुपर्ने बाध्यता छ।

यसैगरी दक्षिण अफ्रिका सन् १९९२ पछि मात्र विश्वकपमा सहभागी भएको हो । दक्षिण अफ्रिका भने विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । जारी विश्वकपमा पनि दक्षिण अफ्रिका त्यति जम्न सकेको छैन । दक्षिण अफ्रिका आइतबार सातौं खेल खेल्दै छ । ६ खेल खेलिसकेको दक्षिण अफ्रिकाले एक खेल जितेको छ । चार खेलमा पराजित भएको दक्षिण अफ्रिकाले वर्षाका कारण एक खेल अनिर्णित रूपमा जित बुझाएको थियो । ६ खेलबाट तीन अंक बनाएको दक्षिण अफ्रिकालाई अगाडि बढ्न अबको खेल जित्नैपर्ने अवस्था छ ।

आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका घरेलु टोली इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो । दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रन र अर्को खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजविरुद्धको खेल वर्षाका कारण अनिर्णित बनेको थियो । अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा नौ विकेटले हराएको थियो । पछिल्लो खेलमा दक्षिण अफ्रिका न्युजिल्यान्डसँग चार विकेटले पराजित भएको थियो । पाकिस्तानलाई हराउन दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कक, फाफ डु प्लेसिस, कागिसो राबडाजस्ता खेलाडीको प्रदर्शन महत्वपूर्ण बन्न सक्नेछ ।

पाकिस्तान र दक्षिण अफ्रिकाबीच यसअघि भएको भिडन्तमा दक्षिण अफ्रिका बलियो देखिएको छ । एकदिवसीयमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा यी दुई टोली ७८ पटक भिडेका छन् । दक्षिण अफ्रिकाले ५० खेल जितेको छ । पाकिस्तानले २७ खेल जितेको छ । एक खेल अनिर्णित भएको छ । विश्वकप क्रिकेटमा यी दुई टोलीले चार पटक खेलेका छन् । तीन खेल दक्षिण अफ्रिकाले जितेको छ । पाकिस्तानले एक खेल मात्र जितेको छ । यस विश्वकपमा दुवै टोलीको स्तर उस्तै देखिएको छ । तालिकामा समेत तीन तीन अंक रहेकाले यी दुई टोलीको खेल प्रतिस्पर्धात्मक हुने निश्चित छ ।

आजको खेल

पाकिस्तानविरुद्ध दक्षिण अफ्रिका

लर्डस (दिउँसो ३ :१५ बजे)

विश्वकपमा दुई टोली

कुल  : ४ खेल

दक्षिण अफ्रिका विजयी  :३ खेल

पाकिस्तान विजयी  : १ खेल

एकदिवसीयमा दुई टोली

कुल  : ७८खेल

दक्षिण अफ्रिका विजयी  :५० खेल

पाकिस्तान विजयी  : २७ खेल

अनिर्णित  : १ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.