दौडाहामा सीके

दौडाहामा सीके

काठमाडौं : शान्तिपूर्ण राजनीतिमा आएका सीके राउत नयाँ पार्टीको प्रचार तथा संगठन विस्तारका लागि दौडधूपमा लागेका छन्।  उनले फागुन पहिलो साता विखण्डवादी बाटो त्यागेको घोषणा गरेका थिए। त्यसपछि उनले वैशाखमा निर्वाचन आयोगमा जनमत पार्टी नामको दल दर्ता गराएका थिए। त्यससँगै उनी तराई–मधेसका जिल्ला हुँदै विदेश दौडाहामा निस्किएका हुन्। उनले आइतबार भारतको दिल्लीमा कार्यक्रम गर्दै छन्। यसअघि उनी अस्ट्रिया, लन्डनमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

दिल्लीबाट काठमाडांै फर्किने राउतको कार्यक्रम छ। त्यसको एक महिनापछि उनी अमेरिका पुग्ने तय भएको पार्टीले जनाएको छ। त्यहाँ उनले मधेसी समुदायसँग छलफल र विभिन्न विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। अमेरिकाबाटै फर्किएर उनले नेपालमा स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए। त्यस बेला उनलाई नेपालबाहिर रहेका मधेसी समुदायको सहयोग देखिएको थियो। उनले बाटो परिवर्तन गरी नयाँ ढंगले पार्टी बनाउन लाग्दा पुनः उनीहरूलाई जोड्ने प्रयास थालेको पार्टीले जनाएको छ। झन्डै एक दर्जन मुलुकमा उनको संगठन थियो।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार विभिन्न विश्वविद्यालयमा सम्बोधनसँगै पार्टीको कामसमेत अघि बढेको छ। ‘हामीले हालै ललितपुरमा पार्टी कार्यालय बनाएका छौं’, उनले भने। कुपन्डोलमा घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालनमा ल्याइएको उनले सुनाए।

राउतले प्रमुख दलहरूलाई यथास्थितिवादी, नस्लभेदी र सत्तामुखी रहेको आरोप लगाएका छन्। आफूहरूले मात्रै देशलाई सही दिशा दिन सक्ने दाबी उनले गरेका छन्। निर्वाचन आयोगमा बुझाएको घोषणापत्रमा राजपालाई अवसरवादीले नेतृत्व गरेको सिद्धान्तहीन पार्टी र समाजवादीलाई व्यक्तिगत महत्र्वाकांक्षा बोकेको सत्तामुखी पार्टीका रूपमा राउतले चित्रण गरेका छन्। राजपा र समाजवादी दुवै दलले पटक–पटक गरी ५६ मन्त्रालय हात पारे पनि मधेसी जनताका लागि उल्लेखनीय काम नगरेको जनमतको मूल्यांकन छ।

प्रमुख सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई उनले सामन्तवादको पक्षपोषक र उग्र एकल जातीय राष्ट्रवादी दल भएको आरोप लगाएका छन्। कांग्रेस सामन्तवादको पक्षपोषक र तत्कालीन एमाले उग्र एकल जातीय राष्ट्रवादको पक्षपोषक भएको उनको ठहर छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.