सम्बन्धविच्छेदपछि खुसी छिन् एन्जिलिना
हलिउड अभिनेत्री एन्जेलिना जोली ब्राड पिटसँगको सम्बन्धविच्छेदपछि खुसी छिन् । यी दुईले सन् २०१६ मा १२ वर्षको सम्बन्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका थिए ।
आफ्नो सन्तानको साथमा सधैं खुसी रहने उनीहरू अहिले आआफ्नो दुनियाँमा मस्त छन् । एन्जेलिना अहिले आफ्नो काम र बच्चाहरूको साथमा रमाइरहेकी छन् ।
आफू पूर्ण रूपमा सिंगल भएको जानकारी दिँदै उनले भनेकी छन्, ‘अहिले म कसैलाई डेट गरिरहेकी छैन ।’ बिनाकुनै सम्बन्ध पनि खुसी रहन सकिने उनी बताउँछिन् । एजेन्सी