गाउन सिक्ने कि ?

गाउन सिक्ने कि ?

तेज आले, गायक । हुन त आजको युग प्रविधिको हो। तर यसो भन्दैमा हामीले अत्यधिक रूपमा प्रविधिमा भर पर्नु उचित हुँदैन। यसको भरले क्षमता र योग्यतामा सकारात्मकभन्दा नकारात्मकपन बढी आउँछ।

कतिपय विषय र विधामा मानिस प्रविधिभन्दा आफूमा बढी निर्भर हुनु राम्रो हुन्छ, दिगो हुन्छ। यो विशेषगरी सांगीतिक विधामा बढी उपयुक्त हुन्छ। गीत संगीतको क्षेत्र यस्तो क्षेत्र हो जसमा प्रविधिका अलावा दैनिक र निरन्तर अभ्यास बढी महत्त्वपूर्ण हुन्छ।

गीतसंगीतमा यदि कसैले भविष्य बनाउन चाहन्छ भने उसले प्रविधिमा भन्दा स्वयंको अभ्यासमा ध्यान दिनुपर्छ। सरगम, अलंकार, राग, आलाप, तान, तराना आदिको अभ्यास निरन्तर हुनैपर्छ। स्वरलाई जहिले पनि निखार्नु पर्छ।

आजकल धेरैको बुझाइ अथवा ठम्याइँ के छ भने आफूले थोरै मात्र अभ्यास गरे हुन्छ र बाँकी काम रेकर्डिङ स्टुडियोमै उपलब्ध हुन्छ। तर यो बुझाइ एउटा राम्रो कलाकार बन्न चाहनेका लागि एदकमै घातक हो। अझ कतिपयको बुझाइ के सुन्नमा आएको छ भने धेरै अभ्यासले विशेषगरी गायन क्षेत्रमा लाग्न चाहनेको स्वर बिगारिदिन्छ भन्ने गलत सोच छ।

विशेषगरी नेपालमा कतिको बुझाइ के पनि छ भने माथि उल्लेखित निरन्तर अभ्यास विशेष किसिमको गीत गाउन मात्र उपयुक्त हुन्छ भन्ने छ। यो पनि गलत हो किनकि यी सबै अभ्यास गरेर पप विधा वा लोक विधाका गीत गाउँदा राम्रो हुन्छ।

यी विधाका गीत गाउनै हुन्न भन्ने संकुचित मानसिकता पनि यदाकदा सुन्न पाइन्छ। यो पनि सत्य होइन, बरु अभ्यासकै कमी छ अनि प्रविधिकै भर बढी छ।

यो क्षेत्रमा जो भर पर्छ उसलाई जुनसुकै बेला धोका हुन सक्छ। जस्तै कुनै व्यक्तिले थोरै अभ्यास धेरै सांगीतिक जानकारी पछि प्रविधिमा भर परेर एउटा राम्रो गीत संगीत तयार पार्‍यो। ऊ यसमा सफल पनि भयो अर्थात् उसको गीतलाई दर्शक श्रोताले मन पनि पराए। त्यसपछि उसको माग विभिन्न स्टेजमा हुन्छ। त्यतिबेला उसले आफ्नो पर्फर्मेन्स सो गर्नै सक्दैन।

स्टेजमा रेकर्डिङ स्टुडियोमा हुने सबै बन्दोबस्ती हुँदैन। गायकले मासको मन जित्न सक्नुपर्छ। प्रत्यक्ष प्रस्तुति दिन यदि ऊ असमर्थ भयो भने के होला ? जेनतेन गाइहाले पनि लामो रेसको घोडा हुन ऊ सक्दैन। अन्तत : आफैं गायन क्षेत्रबाटै पलायन हुनुपर्ने अवस्था आउँछ। यस्ता उदाहरण धेरै छन्।

यो हुनुको कारण सरगम, अलंकारको उचित र निरन्तर अभ्यास गायनको सुरुआती चरणमा एकदमै कमजोर हुनु हो। तर सुरुदेखि जो यसमा निरन्तर अभ्यास गरेर अघि बढ्छ त्यस्तो गायकलाई हरेक विषयमा सामना गर्ने सामथ्र्य प्राप्त हुन्छ।

गायनमा निरन्तर अभ्यास गर्दा,

– स्वरमा लचकता आउँछ।

– स्वरमा चमकता हुन्छ।

– स्वरले आफ्नो आकार लिन्छ।

– स्वर काप्दैन।

– स्वरमा मिठास पन आउँछ।

– जस्तोसुकै गीत पनि गाउन सकिन्छ।

– सुरसँग साज मिलाउन सकिन्छ।

– आत्मविश्वासको तह बढ्छ।

– अभ्यस्त स्वरले गाएको कुनै पनि गीतले दर्शक, श्रोताको मन जित्न सक्छ।

थपमा सुरुदेखि नै विभिन्न रागहरूमा अभ्यास गरिरहनुपर्छ ताकि यसले उत्तम परिणाम दिन्छ। स्वर सुमधुर हुन्छ। साथै फिलिङ्समा गाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.