स्कुटरको ठक्‍करबाट घाइते भएकाको १२ दिनपछि मृत्यु

स्कुटरको ठक्‍करबाट घाइते भएकाको १२ दिनपछि मृत्यु

भक्तपुर : १२ दिनअघि स्कुटरको ठक्‍करबाट घाइते भएकी भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक निवासी ६९ वर्षीया शान्ता केसीको उपचारको क्रममा मृत्यु भएको छ। गएको जेठ २८ गते भक्तपुरको सूर्यविनयाक नगरपालिका ६ सूर्यविनायक गणेश मन्दिर परिसरमा बा ९५ प १७५५ नम्बरको स्कुटरले पैदल हिँडिरहेकी केसीलाई ठक्‍कर दिएको थियो।

घाइते केसीलाई उपचारका लागि मध्यपुर थिमी नगरपालिका ४ गट्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार उपचारपछि केसीलाई जेठ ३० गते डिस्चार्ज गरिएको थियो।

डिस्चार्ज भई घरमा आराम गरिरहेकी उनलाई पुनः असार २ गते थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। 'सैनिक अस्पतालमै उपचारका क्रममा शनिबार उनको मृत्यु भयो', प्रनाउ पोखरेलले भने।उनका अनुसार शव पोष्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

सवारीसाधन र चालक जिल्ला धादिङ महादेववेसी गाउँपालिका १ घर भई हाल सूर्यविनायक नपा ६ पाण्डुबजार बस्ने २६ वर्षीया सिरी लामा प्रहरी नियन्त्रणमा छन्। लामालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.