फुटबलका राजा

फुटबलका राजा

फुटबल मन पराउने भाइबहिनीहरूलाई पेलेको बारेमा त थाहै होला। पेलेलाई फुटबलका राजा पनि भनिन्छ। उनी ब्राजिलमा सन् १९४० मा जन्मेका थिए। उनको जन्मको नाम ‘एडिसन अरान्टिस डो नेसिमेन्टा’ थियो।

उनको नाम अमेरिकी वैज्ञानिक थोमस अल्वा एडिसनको नामबाट राखिएको थियो। तर, उनका बाबुआमाले उनको नाममा भएको ‘आई’ शब्दलाई निकालेर एड्सन राखे। उनको जन्मदर्तामा एउटा त्रुटि भयो। जसकोे कारण उनको नाम एड्सन नभएर एडिसन रह्यो। उनका परिवारले उनको उपनाम डिको राखिदिएका थिए। तर पछि मात्र उनी पेलेको रूपमा चर्चित भए।

उनी गरिब परिवारमा हुर्केका थिए। उनी एउटा चियाको पसलमा काम गरेर पैसा कमाउने गर्थे। पेलेलाई फुटबल उनकै बाबुले सिकाएका थिए। कोचले फुटबलको प्रशिक्षण दिएको समयमा उनी एउटा राम्रो फुटबल किन्न पनि सक्दैनथे। सामान्यतया : मोजामा पत्रिका राखेर डोरीले बाँधेर उनी बल बनाँउथे। त्यही बललाई नागाें खुट्टाले फुटबल खेल्ने गर्थे। अहिले पेलेलाई फुटबलका विशेषज्ञ र पूर्व खेलाडीका रूपमा चिनिन्छ।

अहिले पेलेलाई ब्राजिलमा राष्ट्रिय हिरोको रूपमा सम्मान गरिन्छ। उनी फुटबल खेल्नेबाहेक गरिबको सामाजिक स्तर सुधार्ने नीतिको समर्थकको रूपमा पनि चिनिन्छन्।

सन् १९९९ मा इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिसटिक्सबाट उनलाई शताब्दीको फुटबल खेलाडीको रूपमा छानिएको थियो। १३६३ खेलमा १२८० गोल आफ्नो खेल जीवनमा उनले १३ सय ६३ खेलमा १२ सय ८० गोल बनाए। जसमा पाँच सय ४१ लिग च्याम्पियनको लागि गरेका थिए। जसको कारण उनी सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडी मानिन्छन्।

पेलेले सबैभन्दा पहिले १५ वर्षको उमेरमा सान्टोस फुटबल क्लबको लागि खेलेका थिए। उनले पहिलो फुटबल म्याच सन् १९५७ मा खेलेका थियो। उनी त्यतिबेला अर्जेन्टिनासँग २–१ ले हारेका थिए।

राष्ट्रिय टिमका लागि १६ वर्षको उमेरबाट उनी खेल्न सुरु गरे। त्यही म्याचमा पेलेले ब्राजिलका लागि पहिलो गोल गरेका थिए। त्यतिबेला उनी १६ वर्ष नौ महिना मात्र भएका थिए। त्यतिबेला उनी अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने सबैभन्दा सानो उमेरका खेलाडी थिए।

उनले विश्वकप सन् १९५८ बाट खेल्न सुरु गरे। उनले पहिलो विश्वकप १७ वर्षको उमेरमा जितेका थिए। उनी विश्वकप खेल्ने पनि सबैभन्दा कम उमेरका खेलाडी थिए। त्यतिबेला सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा पेलेले लगातार तीन गोल (ह्याट्रिक) बनाए। ह्याट्रिक बनाउने पनि सबैभन्दा कम उमेरका खेलाडी उनी नै थिए।

सन् १९५८ मा विश्वकपमा पेलेले १० अंक लेखेको टिसर्ट लगाउन सुरु गरे। त्यहीबाट उनी चर्चित भए। उनकै सहायताको कारण सन् १९६२ र १९६३ मा दक्षिण अमेरिकी फुटबलको सबैभन्दा सम्मानित क्लब प्रतिस्पर्धा कोपा लिबेर्टाडोरेस उनले जितेका थिए।

सन् १९६६ मा उनले डान्स रेइस चोल्बीसँग विवाह गरे। पेलेले ब्राजिल फुटबलबाट सन् १९७२ मा अवकाश लिएका थिए। सन् १९५८, १९६२ र १९७० को फिफा कप पनि उनले जितेका थिए। पेलेलाई बीबीसीले स्पोटर््स पर्सनालिटी अफ दी इयर अर्वाडबाट सम्मानित पनि गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.