उपप्रमुखको नेतृत्वमा नगरपालिका कार्यालय तोडफोड

उपप्रमुखको नेतृत्वमा नगरपालिका कार्यालय तोडफोड

औरही : महोत्तरीको औरही नगरपालिका कार्यालयमा तोडफोड भएको छ।  कागजी बजेट मिलाउन राति पनि कार्यालय खोलेर काम गरेको भन्दै नगरपालिकाका उपप्रमुख रेनु झाको नेतृत्वमा शनिबार राति कार्यालय तोडफोड भएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले  जानकारी दिए। 

शनिबार साँझ ७ बजे उपप्रमुख झाको नेतृत्वमा पुगेको टोलीले योजना शाखा तथा प्रशासन फाँटमा तोडफोड गरेको छ । २÷२ थान कम्प्युटर,  स्क्यानर मेसिन, प्रिन्टर तोडफोड गर्नुकासाथै कागजपत्र च्यातिएका छन्।  नगरप्रमुख सुनिलकुमार यादव आफैं राति बसेर कार्यालयमा काम गराइरहेका बेला राजपा नेपाल समर्थित कार्यकर्ताहरुलाई लिएर उपप्रमुख झा कार्यालय पुगेकी थिइन् ।

समान्य भनाभनबाट सुरु भएको विवादले उग्ररुप लिएपछि राजपा कार्यकर्ताहरु तोडफोडमा उत्रिएका थिए ।साँझ ७ बजेदेखि सुरु भएको विवाद राति ११ बजेसम्म चलेको थियो । औरही प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गौशाला, बर्दिबास, रामगोपालपुरबाट आएको प्रहरी टोलीले भीडलाई तितरबितर पारी अवस्था साम्य पारेका थिए ।

विकासमा हिनामिना गरेको भन्दै पहिले देखि नै नगर प्रमुख र उपप्रमुखबीच विवाद हुदैं आएको थियो।घटनाका बिषयमा प्रतिक्रिया लिन नगरपालिका प्रमुख र उपप्रमुखलाई सम्पर्कको प्रयास गर्दा दुवैका फोन उठेन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.